किन आउँछौ सपनामा

निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी · असोज १, २०८१ १२:१४ PM
Cover Image for News

किन आउँछौ सपनामा आफन्त झैँ बनी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी
  
 तिमी मात्रै बसेका छौ मेरो मुटुभरि
 निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी
 कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी
  
 आएकी छु त्यो मुटुमा बास माग्न आज
 यो शिरमा राखिदेऊ पिरतीको ताज
 कति गर्छौ जिन्दगीमा अझै बेइमानी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी

गीत

- निमेष निखिल

०००

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
छैन आँसु घामसँग
छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४