किन आउँछौ सपनामा

निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी · असोज १, २०८१ १२:१४ PM
Cover Image for News

किन आउँछौ सपनामा आफन्त झैँ बनी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी
  
 तिमी मात्रै बसेका छौ मेरो मुटुभरि
 निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी
 कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी
  
 आएकी छु त्यो मुटुमा बास माग्न आज
 यो शिरमा राखिदेऊ पिरतीको ताज
 कति गर्छौ जिन्दगीमा अझै बेइमानी
 किन लान्छौ मेरा सबै खुसी छानीछानी

गीत

- निमेष निखिल

०००

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५