मेरा गीतहरू.....

टीका भट्टराई नेपाल · कार्तिक २२, २०८२ १०:४९ PM
Cover Image for News

मेरा गीतहरू..... 

                       टीका भट्टराई नेपाल 

माटोसँग गहिरो प्रीति गाँसून् मेरा गीतहरू
 हाँसून् मेरा गीतहरू देशको निम्ति मै रुनेछु
 म मरे नि युगौं युग बाँचून् मेरा गीतहरू 

सीमा रक्षा गर्न जीवन बलिदान गर्न सकूँ
 मर्नै परे देशका लागि हाँसी हाँसी मर्न सकूँ
 चन्द्र सूर्य झन्डासँगै नाचून् मेरा गीतहरू
 म मरे नि युगौं युग बाँचून् मेरा गीतहरू 

देशको ऊर्जाशक्ति बनून् मैले गाउने भाकाहरू
 गीत सुन्दै जाग्न सकून्  देशका भिर पाखाहरू
 खोला  नाला  पखेरामा भिजून्  मेरा  गीतहरू
 म  मरे  नि  युगौं  युग  बाँचून्  मेरा  गीतहरू 

                      (माटोको सुगन्ध कृतिबाट)

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
छैन आँसु घामसँग
छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
जवाफ दिऊँ अब
जवाफ दिऊँ अब
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४