मेरा गीतहरू.....

टीका भट्टराई नेपाल · कार्तिक २२, २०८२ १०:४९ PM
Cover Image for News

मेरा गीतहरू..... 

                       टीका भट्टराई नेपाल 

माटोसँग गहिरो प्रीति गाँसून् मेरा गीतहरू
 हाँसून् मेरा गीतहरू देशको निम्ति मै रुनेछु
 म मरे नि युगौं युग बाँचून् मेरा गीतहरू 

सीमा रक्षा गर्न जीवन बलिदान गर्न सकूँ
 मर्नै परे देशका लागि हाँसी हाँसी मर्न सकूँ
 चन्द्र सूर्य झन्डासँगै नाचून् मेरा गीतहरू
 म मरे नि युगौं युग बाँचून् मेरा गीतहरू 

देशको ऊर्जाशक्ति बनून् मैले गाउने भाकाहरू
 गीत सुन्दै जाग्न सकून्  देशका भिर पाखाहरू
 खोला  नाला  पखेरामा भिजून्  मेरा  गीतहरू
 म  मरे  नि  युगौं  युग  बाँचून्  मेरा  गीतहरू 

                      (माटोको सुगन्ध कृतिबाट)

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
छैन आँसु घामसँग
छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४