गीत
गीत
विपनातिर देखिन भने देख्दछु सपनी ।
जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि !
गर्नेले प्रेम टिपौँला भनी फूल त्यो छुँदैन,
हृदयभित्र बसेको मान्छे बिरानो हुँदैन।
मौनता भित्र प्रेमको भाषा लुकेको हुन्छ नि
जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि !
निदको बेला यो मेरो हात सिरानी नहोला,
के भनौँ अरू भाग्य मै यस्तो लेखेको छ होला ।
सिँउदो माथि राखेको हात याद त होला नि ?
जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि !
नदीका दुई किनारा कहाँ भेटिन पाउँछन्,
नभेटे पनि युगादिसम्म हेर्न त पाउँछन् ।
आउँने जुनी भेटौँला भनी गरौँला जपनी
जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि !
-इलाम
ट्यागहरू:
#साहित्य #गीत#संगीत #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४