गीत

विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे · साउन २९, २०८३ ९:१९ PM
Cover Image for News

        गीत


 हिस्सी राम्रो मुहारको लाली राम्रो ओठको
 पीर खपी नसक्नु छ नजरका चोटको 

लोभ लाग्दो नाकको फुली चौबन्दीको तुना
 पोखिन्छ कि भनी छेक्छ बैँस चारै कुना
 पालाम राम्रो पान्थरको सुन राम्रो भोटको
 पीर खपी नसक्नु छ नजरका चोटको। 

तान बुनेको ढाका सारी लर्केपछि तनमा
 आँधी हुरी चली हाल्छ कस्तो कस्तो मनमा
 पानी मीठो जरुवाको नौनी मीठो गोठको
 पीर खपी नसक्नु छ नजरका चोटको 

हिस्सी राम्रो मुहारको लाली राम्रो ओठको
 पीर खपी नसक्नु छ नजरका चोटको। 

"विवश" बलिभद्र कोइराला
 स्वर, सङ्गीत गणेश पराजुली र यसोदा पराजुली

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४