झरना साहित्यिक परिवार मकवानपुरको चाडपर्व विशेष रचना-वाचन तथा ‌शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · कार्तिक ५, २०८३ ६:३७ AM
Cover Image for News

४ कार्तिक, झापा । कार्तिक ३ गते मकवानपुरको बकैयास्थित महेन्द्र माध्यमिक विद्यालय, छतिवनमा चाडपर्व विशेष रचना-वाचन तथा ‌शुभकामना आदानप्रदान कार्यक्रम 

 सम्पन्न भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा सम्पन्न सो कार्यक्रममा संस्थाकी अध्यक्ष गायत्री रुपाखेतीको अध्यक्षता तथा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो ।

झरना साहित्यिक परिवार मकवानपुरको ३३२ औं साहित्यिक शृङ्खलाको रूपमा आयोजना गरिएको सो   कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ४ का कार्यवाहक वडाध्यक्ष विजय भुलुन,  झरनाका संरक्षकहरू उद्धबप्रसाद सापकोटा तथा जनार्दन खनाल, झरनाका पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, विशिष्ट आजीवन सदस्यहरू, आजीवन सदस्यहरू तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चिरञ्जीवी लामिछाने, मसान उपासक, ओमभक्त भण्डारी, भावना सापकोटा, बलराम घिमिरे , देवराज लामिछाने, स्वस्तिका दहाल, शर्मिला घलान, सन्तोष विक, रघुवीर विक लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यसमिति कोषाध्यक्ष अजर फूयाँल र सदस्य शिव बोलखेको विशेष समन्वयमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव नीलहरि ढुङ्गेलले गर्नुभएको थियो ।

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।