मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न

दिलिप घिमिरे · कार्तिक २, २०८३ ९:०० PM
Cover Image for News

झापा १ कार्तिक /तोपगाछी-धरमपुर मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा मा.वि.स्तरीय कविता प्रतियोगिता सम्पन्न गरिएको छ।

विजयादशमी, शुभदीपावली तथा छैंठ पर्वको शुभ अवसरमा शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका मा.वि. स्तरीय कविता प्रतियोगिता प्रतिष्ठानको आफ्नै सभाहल शिवसताक्षी-१मा आइतबार सम्पन्न गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्राडा देवी नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार अभागी थेगुवा, विवश बलिभद्र कोइराला र लीला अनमोलले निर्णायकको भूमिकामा रहेका थिए ।

फोटो
प्रतियोगितामा १२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।प्रतियोगितामा ध्रुवतारा आवासीय मावि शिवसताक्षी-९ दुधेकी  दिक्षा मैनाली प्रथम, विज्ञान एजुकेसनल एकेडेमी शिवसताक्षी-३ पाराबारीकी स्रृष्टि नेपाल दोस्रो, मेची इङलिस स्कुल शिवसताक्षी-१० माइधारकी युना प्रसाईँ तेस्रो र भगवती आधारभूत विद्यालय शिवसताक्षी-८ की शरला दर्नाल र कमला मदनआश्रीत उच्च मावि कमल गापा -२ क्याम्पाकी कविता  बजगाईँले सान्त्वना स्थान हासिल गरेका थिए ।

विजेताहरुले क्रमशः ५ हजार रुपैयाँ ,४ हजार रुपैयाँ , ३ हजार रुपैयाँ र १ हजार रुपैयाँ नगदसहित अन्य पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।कार्यक्रममा अन्य प्रतियोगिता विद्यार्थीहरूलाई जनही पाँच सय रुपैयाँ नगदसहित पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिमूलक ५ जना कविहरुले कविता वाचन गरेका थिए।जसमध्ये कृष्णप्रसाद मिश्र, हर्कराज राई, विवेक क्षेत्री दुलाल,दिल भुटानी र अर्जुन दुलालले कविता  वाचन गरेका थिए ।

फोटो
तोपगाछी-धरमपुर मैत्री समाज २०४४ सालमा स्थापना भइ निरन्तर शिक्षा ,भाषा,कला,साहित्य र समाजसेवा सक्रिय संस्था हो। त्यस्तै २०४९ मा दर्ता भइ स्थापना भएको नवरङ साहित्य प्रतिष्ठान र २०६३मा दर्ता भइ स्थापना भएको धर्नासो साहित्य प्रतिष्ठान धरमपुरका यी दुबै संस्थाको अस्तित्व रहने गरि नवरङको `नव´ अनि धर्नासोको `नासो´जोडेर २०७२मा नवनासो साहित्य प्रतिष्ठानको स्थापना भएको हो ।

अतिथि साहित्यकारहरु उमानाथ दाहाल, लीलाप्रसाद अधिकारी, हेम अधिकारी, बिन्दु दाहाल मुकदर्शक ,जानुका गुरागाईं, तुलसीप्रसाद भट्टराई, रामकुमार उपाध्याय, रामचन्द्र खनाल ,तिलक राई, हिम्मत नेम्बाङ, मुक्ति तिमल्सिना, एनबी दाहाल,विराट किराँती, चन्द्रवीर नेम्बाङ,हरि पराजुली,मुकुन्द लामिछाने,विराट किराँती,कृष्ण काश्यप ,टंक न्यौपाने ,निहाङ किराँती,पृथ्वी बोहरा,देउमान चेम्जोङ,विचारी लावती, सञ्जय राई, सरिता चेम्जोङ, तलु वास्के, समाजसेवी नगेन्द्र बोहोरा,घनश्याम पोखरेल नरेन्द्र दाहाल,डिपी न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
फोटो
प्रतिष्ठानका अध्यक्ष  दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य  मैत्री समाजका सचिव केशव खतिवडाले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरे र मैत्री समाजका उपाध्यक्ष बेगेन्द्र सुब्बाले गरेका थिए ।

ट्यागहरू:
भाषा#साहित्य# कला र लोक संस्कृति#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।