‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट

खगिन्द्रा खुसी · कार्तिक ४, २०८३ २:३२ PM
Cover Image for News

३ कात्तिक, झापा । ‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ को नतिजा सार्वजनिक भएको छ । लघुकथा प्रतिष्ठान, नेपालले आयोजना गरेको प्रतियोगितामा टङ्कबहादुर आलेमगर (उदयपुर) द्वारा लिखित ‘आर्तनाद’ शीर्षकको लघुकथा सर्वोत्कृष्ट घोषित भएको छ । सर्वोत्कृष्ट सर्जक आलेमगरलाई नगद रु. १,१११ सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

दिवङ्गत लघुकथाकर्मी स्वस्तिका सिम्खडाको स्मृतिमा आयोजित उक्त प्रतियोगिताले नेपाली लघुकथा साहित्यको विकास र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो ।

- प्रतियोगितामा टङ्कबहादुर आलेमगरको लघुकथा: ‘आर्तनाद’ - सर्वोत्कृष्ट भएको छ भने मित्र उराठी गौतमको ‘अन्तिम इच्छा’, मिसु श्रेष्ठ थपलियाको ‘निथार’, सुमन कडरीयाको ‘पुकार’, मणिराज भट्टराईको ‘टका बाला’ र शारदा दहालको ‘जन्मदिन’ उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । सर्वोत्कृष्ट हुने आलेमगरलाई नगद रु. १,१११ तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने उत्कृष्ट पाँचलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ ।  

इन्दिरा चापागाईंको संयोजकत्वमा रचना शर्मा, मनोहर पोखरेल र नन्दलाल आचार्य सहितको निर्णायक मण्डलले रहेको उक्त प्रतियोगिता कार्यक्रममा लघुकथा लेखनमा महिलाहरूको सक्रियता बढाउन र सम्मानलाई दीर्घकालीन रूप दिन प्रतिष्ठानले ‘स्वस्तिका स्मृति लघुकथा सम्मान कोष’ स्थापना गर्ने कुराको घोषणा गरेको छ । 

ट्यागहरू:
samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।