गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
भदौ,६ झापा । गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत 'यो तीजमा कर्म घरमै खान्छु आमा दर' सार्वजनिक भएको छ । सङ्गीतकार गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुलीको स्वरमा सजिएको यस गीतलाई निर्माता कमला अधिकारीले निर्माण गरेकी छन् । कलाकार कमला अधिकारी तथा दुर्गा श्रेष्ठको मुख्य भूमिका रहेको भिडियोमा झापाका विभिन्न कलाकारहरुले सहायक भूमिका निर्वाह गरेका छन् । पाँचवटा गीत सङ्ग्रह, एउटा शोककाव्य प्रकाशन गरिसकेकी टीकाका यसअघि तीसवटा गीत छायांकन भैसकेका छन् भने एकसय भन्दा बढी गीत रेकर्ड भैसकेका छन् ।
तीजको दर कर्मघरमै खाँदा राम्रो हुन्छ भन्ने सन्देश सहित लेखिएको गीत कमला अधिकारी युट्युव च्यानलमा हेर्न सकिने छ ।
ट्यागहरू:
सहित्य
news
साहित्य #गीत# गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
डा. नवराज लम्सालको गीत
डा.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४