महा-अष्टमीको अवसरमा असमका उत्कृष्ट विद्यार्थी अभिनन्दन कार्यक्रम सम्पन्न
झापा २ कार्तिक /आइतबार महा-अष्टमीको बेलुका काउडीपथार पूजा कमिटी तथा यस भेकका युवाहरूको सहयोगमा श्री श्री सर्वेश्वर शिव मन्दिर प्राङ्गणमा उत्कृष्ट विद्यार्थी अभिनन्दन कार्यक्रम भव्य रूपमा आयोजना गरिएको थियो।
यस विशेष अभिनन्दन समारोहमा यस वर्षको NEET परीक्षामा सफल भई हाल तिनसुकिया मेडिकल कलेजमा अध्ययनरत प्रतीक्षा आचार्य साथै सन् २०२६ को मेट्रिक र हायर सेकेण्डरी परीक्षामा डिस्टिङ्सन, स्टार मार्कसहित अब्बल अङ्क प्राप्त गरी उत्तीर्ण भएका छात्र-छात्राहरूलाई तथा स्नातक तहमा गौवाहाटी विश्वविद्यालयबाट इतिहास विषयमा दोस्रो स्थान प्राप्त गर्न सफल सृजना उप्रेतीलाई अभिनन्दन गरियो। 
उक्त अभिनन्दन समारोह श्रद्धेय शिक्षागुरु वासुदेव नेपाल, इन्द्र क्षेत्री लगायत शिक्षक-शिक्षिकाहरूको बाहुलीबाट अभिनन्दन गरिएको जानकारी साहित्यकार निलिमा आचार्यबाट प्राप्त भएको छ।