श्रेया पोखरेलद्वारा लिखित उपन्यास ‘And They Say It’s EASY’ लोकार्पित

खगिन्द्रा खुसी · कार्तिक १, २०८३ ८:०२ PM
Cover Image for News

३१ असोज, झापा । स्रष्टा श्रेया पोखरेलद्वारा लिखित उपन्यास ‘And They Say It’s EASY’ लोकार्पित भएको छ। मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख जीवन पोखरेलको सभाध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लोकार्पित उपन्यास माथि

 सोनु पुडासैनी र च्यवनमणि  पोखरेलले समीक्षा गर्नुभएको थियो । 

 भद्रपुर, वडा न १० को वडा कार्यालयमा शनिवार आयोजित कार्यक्रममा  वक्ताहरूले युवा उमेरमै साहित्यिक क्षेत्रमा पाइला चालेर पहिलो कृति प्रकाशन गर्न सफल भएकामा लेखिका पोखरेलको प्रशंसा गरेका छन् । 

 माछापुच्छ्रे बैंकका  प्रमुख कार्यकारी अधिकृत (CEO) सन्तोष कोइराला विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा कृतिकार श्रेया पोखरेलले आफ्नो पहिलो कृतिबारे जानकारी गराउँदै पुस्तक लेखनको अनुभव र सिर्जनात्मक यात्राबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा गोविन्द कोइराला, विशेष अतिथि सन्तोष कोइराला र प्रमुख अतिथि गणेश पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

बक्ताहरुले लेखिका पोखरेलको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै आगामी दिनमा पनि साहित्यिक क्षेत्रमा निरन्तर सक्रिय रहन शुभकामना दिएका थिए । भद्रपुर नगरपालिकाको वडा नं ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गानाले स्वागत मन्तव्य राखेको कार्यक्रमको उद्घोषण सुभाष भट्टराईले गर्नु भएको थियाे भने कार्यक्रमको अन्त्यमा कृतिकारका बुवा बसन्त पोखरेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । २१ वर्षकै उमेरमा पहिलो कृति प्रकाशन गर्न सफल पोखरेलको साहित्यिक प्रयासलाई सहभागीहरूले उत्साहजनक रूपमा लिएका थिए। 

ट्यागहरू:
literature samachar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।