याे दशैंमा

✍️ मनुहाङ किराँती"साेलु", पोष्ट-दिलिप घिमिरे · कार्तिक ४, २०८३ ९:०४ PM
Cover Image for News

याे दशैंमा
                   ✍️ मनुहाङ किराँती"साेलु" 

पक्कै केही नयाँ लाउन पाउलास्
हेर त तिम्रो नङ सेतै फुलेछ नि सानी
आमाकाे फरियाकाे फेराे काटी
तिम्रो लागि नयाँ चाेलाे बन्छ हाेला पक्कै ? 

सानी ! तिमी पाे सानी छाै र
नङ फुल्दा नयाँ नाना पाउलास्
म तिमीभन्दा अलि पाकाे भाकाे छु
मेराे सेतै दाँत फुल्दा परारकाे साल
तिमीलाई बहिनी पाएर
हाँस्न पाएकाे थिएँ ।। 

सबै समयसँगै बदलिदै जान्छ
आज तिम्रा नङ फुलेकाे छ
हिजाे अस्ति मेरा दाँत फुल्याथ्यो
समयकाे फल जस्तै
उस्तै समयकाे फूल जस्तै
एक याम बहार लिएर आउँछ
एक समय खुशी लिएर आउँछ
सानी ! तिमी बुझ्दैनाै अहिले
सबै समयसँगै फुल्दै जादा
हृदयका खुशीहरु भुल्दै गईन्छ ।। 

हेर त !
हाम्राे बजैकाे सेतै केश फुलेथ्याे
बिस्तारै हाम्राे छहारी दिने
मूलकाे आयु कम हुँदै गएकाे आभाष हुदैछ
हाम्री आमाकाे आँखा फुलेर
सेतै भयो अचेल आमाले
न सेताे देख्नुहुन्छ?
न राताे या न कुनै रङ नै देख्नुहुन्छ
सिर्फ देख्नुहुन्छ हामीलाई सानै 

सानू! भाेलि हामी पनि
बिस्तारै सेतै फुल्ने
ठिक यहि यामकाे तारिख
फुलेकाे देख्दा पनि
विरक्त लाग्ने छ सानी
खैर कसरी तिमीलाई बुझाउँ सानी 
हिजाे दाँत फुल्यो
आज नङ फुल्यो
केही नयाँ पाईयाे
भाेलि केश फुल्ला ?
केही पुराना गुमाउने डर लाग्छ सानी ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
चित्रभित्र हराएको घर
चित्रभित्र हराएको घर
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - शुक्रबार १६ अक्टोबर २०२६
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
मिरिक, तिमीलाई म साह्रै माया गर्छु
✍️ डा. कमला तामाङ, पोष्ट-दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६