गजल
आँखामा छल्किएका आँसुको,कफन बाँधेर गईछौ
मुटुको लास ,हृदयको चितापनि नाघेर गईछौ
कानले खबर पुर्यायो,आत्मा बेपरवाह जल्दैछ भनेर
सिङ्गो शरीरमा मायाको अगुल्टो,हानेर गईछौ
पिसोल्टिएका छाला,रौंहरू,चिच्यायी रहे किन
एकोहोरो पापी नजरले धुक्धुकी छामेर गईछौ
मलाई छोड्दा केवल हात मात्र हल्लाए पुग्थ्यो
जान त गयौ तर यमराजको हात समातेर गईछौ
ट्यागहरू:
सहित्य
गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४