गजल
गजल
- राज लम्साल 'यात्री'
यी अभावले आराम गर्न मलाई कहाँ दिन्छ र
आँखा चिम्लँदैमा निदाउन कहाँ सकिन्छ र ।
धेरै भइसकेछ घर छोडेको देश छोडेको
फर्कन्छु भन्दैमा सजिलै कहाँ फर्कन पाइन्छ र ।
यो भ्रम हो अरूले सम्झिन्छन् भन्नु पनि
आफैँले नसम्झिएसम्म कसले सम्झिन्छ र ।
आगो जस्तो बन्नुपर्छ घाम जस्तो बन्नुपर्छ,
तिर्खायौ तिमी भन्दैमा हिमाल कहाँ पग्लिन्छ र ।।
ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - पुरु लम्साल
पुरु लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल लेखन सम्बन्धी सामान्य जानकारी - खगिन्द्रा खुसी
Admin - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५