गजल
गजल
✍️ कृष्ण काश्यप
अन्तिममा आफ्नो शत्रु घरकै हुन्छ होला
तिम्रो सिउँदो रङ्ग्याउने अर्कै हुन्छ होला
महादेवले जस्तै तिम्रो मन जाँच्न पहिलोचोटि
तिम्रो मन्दिर मेरो घर खरकै हुन्छ होला
पक्कै पनि हिँड्दै जाँदा उकालीमा कहीँ न कहीँ
शीतल छायाँ पिपलु र वरकै हुन्छ होला
एकदिन त छुट्नै पर्ने सत्य थाहा हुँदाहुँदै
तिमीसँग छुट्न मलाई चर्कै हुन्छ होला ।
©
ट्यागहरू:
साहित्य #गजल#
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल
✍️ राज लम्साल 'यात्री' , पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - पुरु लम्साल
पुरु लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल लेखन सम्बन्धी सामान्य जानकारी - खगिन्द्रा खुसी
Admin - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६