गजल - पुरु लम्साल

पुरु लम्साल · मंसिर २, २०८३ १०:५१ AM
Cover Image for News

यो समय र यो दुनियाँ मेरै बिरुद्ध उभिएको छ ।

लाग्छ जिन्दगीले बारम्बार चुनौती दिएको छ  ।

 

छोरो खुल्ला सपनाहरु बोकेर मुग्लान पसेथ्यो

कसरी मानौँ आज बन्द बाकसमा फर्किएको छ  ।

 

यस्तो बहाना खोजिरहेको छ तिमीलाई भूल्ने

जसले बिर्सिएँ भनेर पनि पलपल सम्झिएको छ

 

कि कोही आउँदै हुनुपर्छ कि हुनुपर्छ पर्खाइमा 

हैन भने यो कुहिरो कसैलाई भेट्न दौडिएको छ ?

 

ओ ! छाडिजाने मायालु यहाँ तिम्रो याद बोकेर

यो दोबाटोले बर्षैँ देखि तिमीलाई पर्खिएको छ ।

ट्यागहरू:
गजल sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल
गजल
✍️ राज लम्साल 'यात्री' , पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गजल - श्रेष्ठ प्रिया पत्थर
गजल - श्रेष्ठ प्रिया पत्थर
श्रेष्ठ प्रिया पत्थर - मङ्गलबार १३ अक्टोबर २०२६