अग्रज स्रष्टा रमेश खकुरेलका चार स्रग्धरा मुक्तक

रमेश खकुरेल · मंसिर १०, २०८३ ११:४५ AM
Cover Image for News

                                  १
हीराले को म मेरो कति रकम हुने मोल भन्दैन काहीं
आफ्नो आभा फिंजाई झलमल हँसिलो पार्छ यो लोकलाई
चिन्ने जो पारखी हुन् उचित समयमा चिन्दछन् माथ राख्छन्
कौवाले "काग" भन्दै जति खलबलले कुर्लियोस् टेरिंदैनन् ।।

                           २ 

हेला भै बिर्सिएको छिन पनि पछि गै मिल्न सक्ला घडीमा
रेखा चौडाइ आफ्नो रतिभर नहुने हो उही बन्छ सीमा
धर्तीमा जोडिएको क्षितिज नभ छुँदै बन्छ घोप्टो कचौरा
केलाई सत्य ठानूँ कुन वितथ भनी बस्छु जिल्लै परेर ।।

                            ३ 

देखिन्छन् जिन्दगीमा कति कति घटना एकका साथ अर्का
जोडिन्छन् ती कडीमा इतर कति कडी साथ पारेर फुर्का
ठानिन्छन् यी कथा हुन् तर बुझ कहिल्यै हुन्न गाथा समग्र
यौटा लामो कथाका अलिअलि सुनिने यी त हुन् भाग मात्र ।।
                             ४
मातेको व्यक्तिलाई अनुनय जति नै गर्नुहोस् व्यर्थ हुन्छ
भोलि त्यो मात टुट्ता जति पनि पछुतो ऊ गरोस् व्यर्थ हुन्छ
व्यर्थै हो भन्नु केही तर पनि नभनी छोड्नु राम्रो हुँदैन
जस्तै गाढा तमिस्रा रज र गज गरोस् दीपले निभ्नु हुन्न ।।

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्रष्टा कल्पना काफ्लेका दुई मुक्तक
स्रष्टा कल्पना काफ्लेका दुई मुक्तक
कल्पना काफ्ले - बुधबार २५ नोभेम्बर २०२६
लता खरेलका पाँच मुक्तक
लता खरेलका पाँच मुक्तक
✍️लता खरेल, पोष्ट-दिलिप घिमिरे - बुधबार २५ नोभेम्बर २०२६
चित्रा पौड्यालका पाँच मुक्तकहरू
चित्रा पौड्यालका पाँच मुक्तकहरू
चित्रा पौड्याल - बुधबार २५ नोभेम्बर २०२६
विवश पोखरेलका दस मुक्तक
विवश पोखरेलका दस मुक्तक
✍️ विवश पोखरेल , पोष्ट-दिलिप घिमिरे - बुधबार १८ नोभेम्बर २०२६