डा. नवराज लम्सालको गीत

डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी · पौष १२, २०८१ ९:०४ PM
Cover Image for News

विश्वास मरेको छैन माया मरेको छैन
यादहरूले रुझेको हुँ झरी परेको छैन । 

कसले काटेछ कलेजी कसले रेटेछ यो मन
त्यही मनमा माया पलाइरहेछ झन् झन्‌
करौँतीसँग कुनै गुनासो गरेको छैन 
यादहरूले रुझेको हुँ झरी परेको छैन ।

कसले फिटेछ हल्ला छुरी चलायो कसले 
फूल रोज्ने आँखामा आगो जलायो कसले 
आगो हो निभ्छ एकदिन तेजाब छरेको छैन
यादहरूले रुझेको हुँ झरी परेको छैन। 

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५