चङ्गा
चङ्गा
✍️निलीमा आचार्य
विश्वनाथ असम
भनेको सुनेको थिएँ
"चङ्गाहरू महत्वाकांक्षी हुन्छन्
लक्ष्य उन्नतिको शिखर चढ्नु"
यस्ता गगनचुम्बी चङ्गाहरूको
संरचना भने बढो फितलो हुन्छ
मसिना सिन्काको फ्रेममा अडिएको
हुन्छ उनीहरूको सम्पूर्ण काया
भर
झिनो धागो र लट्टाई
त्यही धागोको भरमा उनीहरू
हुरी बताससित ठोकिँदै उड्छ्न्
माथि
माथि
धेरै माथि
आफ्नो लक्ष्यमा रमाएका
मुक्त गगनमा उन्मुक्त उडेका
चङ्गाहरूको
उडानको धागो भने
बेलनाकार लट्टाईमा बेरिएको हुन्छ
नियन्त्रक अर्कै
उनीहरूले
लाभ देखे उडाइदिन्छन्
नदेखे भुइँमा खसाइदिन्छन्
अथवा एकाअर्कालाई प्रतिस्पर्धाको रूपमा खडा
गरिदिन्छन्
अरू चङ्गालाई काटेर
भुइँमा खसाएर
ती गगन चुम्न तत्पर भएका
चङ्गाहरूको पनि धागो-लट्टाई
नियन्त्रणा अर्कैले
गरिरहेकै हुन्छ
जुन
च्याट्ट चुँडिनसक्छ जतिसुकै बेला
माथि उडेर रमाइरहेका यी चङ्गाहरू
स्वयंभने मस्तिष्कबाट अस्वस्थ्य छन् रे
स्वस्थ्य भए सहयात्रीका धागा टुक्राएर
कहिल्यै रमाउँदै उड्ने थिएनन्।
_______®®______