आदर्श दिव्य दर्पणको २८ औं शृङ्खला सम्पन्न भएको छ
१६ कार्तिक, झापा । आदर्श दिव्य दर्पणको २८ औं शृङ्खला सम्पन्न भएको छ । साहित्य मन थाइल्यान्डले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्तीको अवसर पारेर कार्तिक १५ गतेको साँझ ZOOM मार्फत फेसबुकमा रचना वाचन सहित उक्त कार्यक्रम सम्पन्न गरेको हो । संस्कृत गुरुकुल म्यान्माका प्राचार्य यादव शिवाकोटीको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा सुभाषचन्द्र पौडेल भीमफेदीया (नेपाल ), डा शेखरकुमार श्रेष्ठ (नेपाल ), मुरारि सिग्देल (नेपाल ), शिव घिमिरे स्नेही शिव ( नेपाल ), सुमन थापा सङ्गम (नेपाल ), कैलाश पौडेल (थाइल्यान्ड ), रमेश शिवाकोटी (पटाया थाइल्यान्ड ), रोशन शिवाकोटी (पटाया थाइल्यान्ड ), सुबास अधिकारी( बैंकक ), भीमलाल खनाल (बैंकक ), राज पौडेल (बैंकक )ले कविता ,गजल र छन्दमा रचना वाचन गरेका थिए । प्रमुख अतिथि शिवाकोटीले लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कवितामा ईश्वरलाई समर्पण गरिएको र उनका हरेक रचनाहरू जीवन्त छन् ,मानवताको नजीक छन् । यसैगरी नेपाल जाति वसुधैव कुटुम्बकम् ,सर्वे भवन्तु सुखिनको मूल मन्त्रलाई आत्मसाथ गर्ने सनातनी परम्परा रहेको कुरा व्यक्त गर्नुभएको थियो । साहित्य मन थाइल्यान्डको महासचिव दीपा रानाले सन्चालन गरेको कार्यक्रममा साहित्य मन थाइल्यान्डका अध्यक्ष ओम प्रकाश न्यौपानेले महाकवि प्रति श्रद्धा व्यक्त गर्दै सबैलाई धन्यवाद दिनु भएको थियो ।