भगवानसँग रिसाएको मान्छे

कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी · भदौ २६, २०८१ ११:१४ AM
Cover Image for News

 यदि सबैले भने जस्तै
 सबैले मानेजस्तै
 भगवान् भन्ने कुरो छ भने
 संसारमा
 ओ भगवान् 
 म तिमीसँग रिसाएको छु 
 
 ए देवदेवीहरु हो
 तिमीहरुमाथिको
 विश्वास हराएको छ
 भाँचिएको छ मेरो मन
 तिम्रै कारणले 
 तिमीलाई पूज्ने पवित्र मन्दिर प्रतिको
 भरोसा टुटेको छ
 छैन आशा एकरति पनि ।
 
 कति लिन्छौ मेरो परीक्षा
 कति दिन्छौ दु:ख 
 के तिम्रो काम दुख दिने मात्र हो ?
 के सही के गलत
 छुट्याउने यन्त्र छैन भने 
 तिमी कसरी भगवान् हुन्छौ ?
 सहज जीवन र
 खुसी दिने दाताका रूपमा बुझेको थिएँ तिमीलाई
 तर यति बिघ्न दु:ख थोपरिदिएर
 मेरो जीवनमा
 तिमी कहाँ भाग्यौ 
 ओ भगवान् 
 कहाँ लुक्यौ तिमी 
 कहाँ हरायौ
 कहीँ नदेख्ने गरी
 कहीँ नभेट्ने गरी
 बोल्नै नपाइने गरी
 महसुस सम्म गर्न नसकिने गरी
 कहाँ अलप भयौ ?
 
 यस्तो लागिरहेछ
 तिमी छँदै थिएनौँ
 तिम्रो अस्तित्व नै थिएन
 तिमी झुट् मात्र हौ
 तिमी भ्रम मात्र हौ
 आज मेरो मन
 यस्तो अवस्थामा पुगेको छ 
 अहिले भेटियौ भने कतै 
 तिम्रा विरुद्धमा
 उजुरी गर्ने थिएँ
 अदालतमा
 मुद्दा लड्ने थिएँ 
 भगवान् हौ भन्ने विर्सिएर 
 तिमीमाथिको आस्था विर्सिएर
 कठघरामा उभ्याउने थिएँ तिमीलाई

सुनेन मेरै भगवानले मेरो प्रार्थना भनेर
 मेरो गुहार सुनेन भनेर 
 सायद भेटेँ भने यही बेलामा
 मलाई नबुझेको झोँकमा
 दुई थप्पड लगाउने थिएँ 
 हो भगवान 
 आज तिमीसँग म
 धेरै रिसाएको छु
 औधी रिसाएको छु ।
 यदि साँच्चै थियौ भने कतै
 सुन्थ्यौ मेरो पुकारा
 बुझ्थ्यौ मेरो पार्थनाको कारण र
 ल्याउँथ्यौ मेरो जीवनमा
 खुसीको वहार 
 तर तिमी त भक्तलाई 
 आसा देखाएर
 भाग्ने भगौडे रहेछौ
 धेकेवाज रहेछौ
 भक्तको भोक नबुझ्ने
 तिर्खा नबुझ्ने
 धर्म गर्न खोज्ने भक्तको
 भोक टार्न नसक्ने तिमी त पापी रहेछौ
 पुकारा गरेको नसुन्ने वहिरा रहेछौ
 कसैको दुख नदेख्ने अन्धा रहेछौ
 विवशता हेरेर मौन बस्ने
 तिमी कपटी रहेछौ
 अझ भनौँ 
 तिमी कलङ्क हौ
 भगवान्को नाममा
 यस्तो लागिरहेछ आज
 यो ब्रह्माण्डमा
 तिमीलाई पुकार्ने
 सबै अन्धविश्वासी हुन्
 तिम्रो नाम जप्नु त
 समय खेर फाल्नु मात्र हो
 हो त्यसैले आज म रिसाएको छु 
 तिमीसँग
 साँच्चै रिसाएको छु
 छौ भने तिमी यो व्रम्हाण्डमा
 ओ भगवान् म तिमीसँग साँच्चै रिसाएको छु ।

 - कर्ण गुरुङ

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५