कवि रोशन यात्रीको नवकृति ‘काव्य यात्रा’माथि परिचर्चा सम्पन्न
झापा १ मंसिर /नेपाल बिटको आयोजनामा कवि रोशन यात्रीको नवप्रकाशित कृति ‘काव्य यात्रा’माथि परिचर्चा कार्यक्रम सम्पन्न आइतबार भएको छ।
तेह्रथुमका कवि रोशन यात्रीको यो ‘काव्य यात्रा’ कविता कृति पहिलो हो।
इटहरीस्थित माइतीघर क्याफेमा आयोजित कार्यक्रममा रामप्रसाद खरेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा रमेश काफ्लेले कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए भने दिनेश थापा ‘बेगारी’ले मन्तव्य राखेका थिए।
कार्यक्रममा कवि सविता फागो, इन्दु नेपाल योञ्जन र केशव रिमालले कविता वाचन गरेका थिए। उनीहरूको कविता वाचनले कार्यक्रमलाई थप साहित्यिक र सिर्जनात्मक बनाएको थियो।
कृतिमाथिको परिचर्चा तथा कविता वाचनमार्फत समकालीन नेपाली कविताको सिर्जनात्मक पक्ष र कृतिको साहित्यिक महत्त्वमाथि विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा साहित्यप्रेमी तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।