गीत
गीत
-टीका भट्टराई नेपाल
चढेर बैंस भुइँ छोड्दै गयो कात्तिके बोडीले
म कति हेरूँ लाएको प्रीति बैसालु जोडीले
रुखको डाली टेकेर नाच्यो कोकले चरीले
मायाको झल्को दिँदै छ आज मौसमी झरीले
तिमीले गाउनू मधुर गीत कोइली चरीझैँ
प्रीतिको मह साचौँला प्रिया हुलका मौरीझैँ।
ढुकुर मैना मयूर नाचून् आआफ्नै भाकामा
एक झप्को निद्रा पुऱ्याऊँ क्यारे मायाकै काखमा
मकैका ठेट्ना एकसाँझे मोही भोकतिर्खा मेटाउने
दुई दिलको साझा चौतारी हाम्रो मायालाई भेटाउने।
(`माटोको सुगन्ध´ कृतिबाट)
ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत - गायत्री लम्साल
गायत्री लम्साल - मङ्गलबार १७ नोभेम्बर २०२६
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६