गीत - गायत्री लम्साल

गायत्री लम्साल · मंसिर २, २०८३ १०:३६ AM
Cover Image for News


 हावाले तिमीलाई उडाई लग्यो बादलमा लुकायो 

भिजेका थिए परेली मेरा जूनले सुकायो 

 

के यस्तो देखेँ सपना मैले निद्रैमा झस्किएँ 

भगवान्‌सँग मागेर तिम्रो दीर्घायु पस्किएँ 

निभेको रैछ कोठामा दियो अँध्यारो पोखेर

हिँडेको रैछु जलाई मुटु खरानी बोकेर 

 

गहिरो माया उत्रिने हो कि पानीको पात झैँ 

सक्किने हो कि उज्यालो नभई कहानी रातमै

डरले थरथर भएको रैछु ब्यूँझिएँ कामेर

छेवैमा रैछ्यौ म ढुक्क भएँ सिरानी छामेर 

ट्यागहरू:
sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गीत
गीत
✍️ टीका भट्टराई नेपाल ,पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ नोभेम्बर २०२६
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६