पवन आलोक नियात्रा सम्मान घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई

खगिन्द्रा खुसी · कार्तिक ३०, २०८३ ९:५३ PM
Cover Image for News

२०८३ कात्तिक २९, झापा । नियात्रा समाज नेपालले आज वरिष्ठ नियात्राकारहरु घनश्याम राजकर्णिकार र नरेन्द्रराज पौडेललाई नगद राशि पचास हजारसहित पवन आलोक नियात्रा सम्मान समर्पण गर्र्यो । 

उहाँहरुलाई सो सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, सभापति  मोहन चापागाईं, पुरस्कार संस्थापक रेखा कँणेल र पवन आलोकले दोसल्ला, दुबोका माला, प्रमाण पत्र तथा नगद राशि जनही ५० हजार प्रदान गर्नु भएको थियो । 

कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ, ईल्या भट्टराई, अशेष मल्ल, प्राडा. लक्ष्मणप्रसाद गौत्तम, प्रतीक ढकाल, चन्द्रप्रसाद भट्टराई, विष्णु शर्मा पराजुली, पवन आलोक लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले पुरस्कृत पात्रहरूको चयन उत्तम रहेको बताउनु भयो । 

यसैगरी साहित्यकार विष्णुप्रसाद पराजुलीले सम्मानित प्रतिभाहरूको परिचय प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा सम्मानित सर्जकहर्ह नरेन्द्रराज पौडेल तथा घनश्याम राजकर्णिकारले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रमका सभापति नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले पुरस्कार निष्पक्ष बनाउन संस्था सदा समर्पित रहेको वताउनु भयो ।

कार्यक्रममा साहित्यकारहरु कृष्ण प्रसाईले स्वागत र भवानी खतिवडाले कार्यक्रमको सहजीकरण गर्नु भएको समाचार साहित्यकार राधेश्याम लेकालीले जानकारी गराउनु भएको छ ।

ट्यागहरू:
literature samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।