लघुकथा: अपरोक्ष अनुभव- रामकुमार पण्डित

रामकुमार पण्डित · मंसिर १, २०८३ १:३३ PM
Cover Image for News

मृत्युपछि ज्योति रूपमा एउटा मानवले  माथिमाथिको यात्रा गरिरहेको थियो। अचानक परमात्माको आवाज आयो: "अरे मानव ! कता जाँदै हुनुहुन्छ? आउनुस्! तपाईँले पृथ्वीलोकमा गरेको पुन्यको कारण मभित्र बिलिन हुन योग्य हुनुहुन्छ।  आउनुस्! आफ्नो ईच्छा अनुसार बिलिन हुनुस्!" त्यसपछि मानवले बोल्यो: "मलाई मायामा नभुलाउनू मायावी! गुरुदेवले भन्नुभाछ, जुन कुरा अनुभवमा आउँछ त्यो परिवर्तनशील हुन्छ।  तपाईं अनुभवको दायरामा आउनुभएको तत्व परमात्मा हुन सक्नुहुन्न, म आउँदिन।" 
मानवको कुरा सुनेपछि परमात्माले मनमनै भन्यो: "यो साधक पाकेको होला भनेको त काँचै रहेछ।  यसलाई उतै पठाए हुनेरहेछ। " त्यसपछि कठोरतापूर्वक उसले भन्यो: "उसो भए जा त त्यही गुरुदेव कहाँ, जन्म-मृत्युको एक चक्कर लार आइजो !"
यति भन्नासाथ त्यो मानव तीव्र गतिमा तलतिर झर्यो। 
अचानक भित्तामा टाउको ठोक्किएको आवाज आयो: "ड्वाङ्ग!" म झसङ्ग भई सपनाबाट बिउँझिएँ। सपनामा ठोक्किएको ठाउँमा सुमसुमाउँदै सोचेँ "सत्य के हो ?"

काठमाडौं६ सिमलटार।

ट्यागहरू:
लघुकथा literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
लघुकथा- कुतेका चारा
लघुकथा- कुतेका चारा
शारदा कोइराला - सोमबार १० नोभेम्बर २०२५
प्रा.डा. गङ्गाप्रसाद अधिकारीको लघुकथा- बलात्कारी
प्रा.डा. गङ्गाप्रसाद अधिकारीको लघुकथा- बलात्कारी
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - आइतबार १७ नोभेम्बर २०२४
भन्न देऊ न त !
भन्न देऊ न त !
धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - सोमबार ७ अक्टोबर २०२४
एडिक्ट
एडिक्ट
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार २१ सेप्टेम्बर २०२४