यो देशलाई सुधारूँ

छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी · कार्तिक ४, २०८१ १०:२४ PM
Cover Image for News

छन्द- मालिनी 
सुमधुर लय भाका गीत यौटा म गाऊँ । 
रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ 
प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।
असल मन लिई यो देशलाई सुधारूँँ ॥
(१)
गलत लत हटाई स्वच्छ माया लगाँऊ ।
सफल फल उठाई भावलाई जगाऊँ ॥
सबलपन लिएका व्यक्तिलाई उताारूँ ।
असल मन लिई यो देशलाई सुधारूँँ ॥
(२)
गलित रहिरहने बाध्यतामा परेका ।
 गरिब जन सयौ छन् भोकभोकै मरेका ॥
अलमल नगरेरै कष्ट बाधा म टारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(३)
दुखित मनुज आफनो दुःख फोईरहेको ।
अझ कति दिन हेर्ने देश रोईरहेको ॥
हर समय सुनौला कर्म के हो विचारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(४) 
उठ उठ नव आस्था जोशका साथ भर्न ।
जगतभर सबैमा सत्य सन्देश छर्न ॥
युगयुग बलिया ती दिव्य शक्ति फिजारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(५)

पोखरा

ट्यागहरू:
सहित्य कविता sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५