यो देशलाई सुधारूँ

छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी · कार्तिक ४, २०८१ १०:२४ PM
Cover Image for News

छन्द- मालिनी 
सुमधुर लय भाका गीत यौटा म गाऊँ । 
रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ 
प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।
असल मन लिई यो देशलाई सुधारूँँ ॥
(१)
गलत लत हटाई स्वच्छ माया लगाँऊ ।
सफल फल उठाई भावलाई जगाऊँ ॥
सबलपन लिएका व्यक्तिलाई उताारूँ ।
असल मन लिई यो देशलाई सुधारूँँ ॥
(२)
गलित रहिरहने बाध्यतामा परेका ।
 गरिब जन सयौ छन् भोकभोकै मरेका ॥
अलमल नगरेरै कष्ट बाधा म टारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(३)
दुखित मनुज आफनो दुःख फोईरहेको ।
अझ कति दिन हेर्ने देश रोईरहेको ॥
हर समय सुनौला कर्म के हो विचारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(४) 
उठ उठ नव आस्था जोशका साथ भर्न ।
जगतभर सबैमा सत्य सन्देश छर्न ॥
युगयुग बलिया ती दिव्य शक्ति फिजारूँ ।
असल मन लिई यो देशलाई सुधारूँ ॥
(५)

पोखरा

ट्यागहरू:
सहित्य कविता sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६