तिम्रो सुन्दर आँखामा

दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे · कार्तिक ४, २०८१ २:४७ PM
Cover Image for News

तिम्रो सुन्दर आँखामा
                        ✍️दिलिप राई सगर
तिम्रो सुन्दर आँखामा गाजल भएँ म
तिम्रो नजरको वाणले घायल भएँ म
थोरै होश उडे जस्तो भएथेँ पहिले
अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।

हिउँचुलीको हिउँ जस्ती लाग्छौ तिमी स्वच्छ सुवासिली
 लालीगुराँस फक्रे जस्ती लाग्छौ तिमी खेल्दै बयेली
 तिम्लाई हेर्न उडिहिड्ने वादल भएँ म
 तिम्रो मृदु मुस्कानमा कायल भएँ म
 थोरै होश उडे जस्तो भएथेँ पहिले
 अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।

अकबरी सुन जस्ती लाग्छौ तिमी कसी किन लाउने
 जूनताराको डोली चढी कहिले होला मेरो घर आउने
 तिम्रो कोमल पाउमा पायल भएँ म
 रोदिघरमा घन्किने मादल भएँ म
 थोरै होश उडे जस्तो भएथेँ पहिले
 अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।

(साईमा स्यामुना गीत सङ्ग्रहबाट)

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
Diliprai Sagar
एक बर्ष अगाडि

हार्दिक आभार मितज्यू ! मेरो पछिल्लो कृति दोस्रो गीत सङ्ग्रहबाट मलाई नै अति मन पर्ने गीत प्रकाशन गरेर यो माया र हौशला दिनु भएछ । स्यामुना ।

सम्बन्धित पोस्टहरू
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५