चेतन कार्कीको ८९ औं जन्मजयन्ती सम्पन्न
२०८३ कात्तिक २१, झापा । स्रष्टा साहित्य, कला एवम् संस्कृतिविद चेतन कार्कीको ८९ औं जन्म जयन्ती विशेष कार्यक्रम गरी मनाइएको छ । चेतन कार्की स्मृति समाजले आज सो कार्यक्रमको आयोजना गरेेको ।
सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजित सो कार्यक्रम समाजका अध्यक्ष मिथिला शर्माको अध्यक्षतामा र वरिष्ठ कलाकार बसुन्धरा भुसालको प्रमुखआतिथ्यतामा सम्पन्न भएको थियो ।
समाजका उपाध्यक्षका उपाध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा समाजकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भुषाल, अध्यक्ष शर्मा, विशिष्ट अतिथिहरु वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, प्रथम चलचित्र नायिका चैत देवी, वरिष्ठ गीतकार श्रीपुरुष ढकाल, प्रसिद्द कलाकार टीका पहाडी, राष्ट्रिय योजना आयोगका अध्यक्ष पूर्व अध्यक्ष डा. गणेश गुरुङ लगायतले आआफ्नो मन्तव्य राख्दै चेतन कार्कीको योगदानको चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा समाजका कार्यसमिति सदस्य एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले चेतन कार्कीका बहुचर्चित ३ मुक्तक वाचन गर्दै कार्कीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा गायिका रितु कँडेलले चेतन कार्कीको चर्चित गीत 'जून निदाउन थालेछ, तारा निदाउन थालेछ, धर्ती सारा निदाउन थालेछ' गाउनु भएको थियो । यसैगरी गायिका गीता पाण्डेले चेतन कार्कीको अर्को चर्चित गीत 'मायालुले के भन्यो' गाउनु भएको थियो ।
कार्यक्रममा स्मरण तथा पत्र वाचन: वरिष्ठ कलाकार टीका पहारी (द्वारिका) ले चेतन कार्कीले आफूलाई उर्दू भाषामा नेपाली चलचित्रमा अभिनय गर्नका लागि बम्बईमा पठाउनुभएको अत्यन्तै सुन्दर अक्षरको चिठ्ठी पढेर सुनाउनुभएको थियो।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङले चेतन कार्की भारतमा पढाइ सकेर नेपाल फर्किएपछि बेरोजगार भएको बेला पोखरामा 'बिजुली सर्वत' खाएर गीत गाएको र जोक भनेको क्षणहरूको स्मरण गर्नुभयो। साथै, अनेकौं संघर्षपछि सरकारी जागिरे हुँदै उहाँले चलचित्र क्षेत्रमा अपार सफलता हासिल गरेको बताउनुभएको थियो।
श्रीमती कार्कीले पति चेतन एक राष्ट्रप्रेमी, बहुप्रतिभाशाली र देशलाई अथाह माया गर्ने व्यक्तित्व हुनुहुन्थ्यो भन्दै उहाँको योगदानको उच्च प्रशंसा गर्नुभएको थियो । साथै वहाँले चेतन कार्कीसँगका स्मृतिहरू साझा गर्दै उहाँको बहुआयामिक व्यक्तित्वको चर्चा गर्नुभएको थियो।
यसैगरी प्रमुख अतिथि चलचित्र कलाकार संघकी पूर्वअध्यक्ष बसुन्धरा भुषालले चेतन कार्कीको चलचित्रमा अभिनय गर्दाका अनुभवहरू स्मरण गर्नुभएको थियो।
सभाको अध्यक्षता गर्नुभएकी 'चेतन कार्की स्मृति समाज'की अध्यक्ष एवं अभिनेत्री मिथिला शर्माले चेतन कार्की एक सफल, बहुमुखी प्रतिभाका धनी र राष्ट्रप्रेमी व्यक्तित्व भएको बताउनुभयो। उहाँले चेतन कार्कीले सधैं अरूका लागि र राष्ट्रका लागि मात्र काम गर्नुभयो तर आफ्नो व्यक्तिगत हितका लागि केही गर्नुभएन भन्दै उहाँको सादगीपनप्रति गुनासोसहितको भावुक स्मरण गर्नुभएको थियो।
कार्यक्रममा कलाकार, सर्जकहरु रमेश बुढाथोकी, चैत देवी सिंह, आर पी पन्त, छत्र ब. गुरुङ, पूर्व सचिव डा. खगराज बराल, उत्तम के. सी., राजु सिंह, वसन्त वित्यासी थापा, दिवाकर खड्का, गोपालकाजी कायस्त, समीर बलामी, राम गुरुङ, शिव रन्जित, अम्बिका गुरुङ, कमल मैनाली, राम थापा, जुलु गुरुङ, विन केसी., रामप्रसाद दाहाल, पवन आलोक, शरद प्रधान, ध्रुवराज थापा, जयराम विडारी, हेम सुवेदी, शेखर ढुंगेल, हरिश कल्पित, डीआर राई, राज रजक, भानुप्रकाश जोशी, सुवाशचन्द्र पौडेल भीमफेदीया, बद्री पोखरेल लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुमा चेतन कार्कीको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।
कार्यक्रमको सहजीकरण पत्रकार सुमन बैरागी पण्डितले गर्नु भएको समाचार स्रष्टा राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।
'बैनिको दया छ भने रोदीघर दाई नाच्यो नभने' र 'तीजको रहर आयो वरि लै' जस्ता चेतन कार्कीका लोकप्रिय गीतहरु रहेक छन ।