जनसाहित्य सङ्घ, कोशी प्रदेशद्वारा १९ स्रष्टा सम्मानित
२१ कात्तिक,झापा । झापाको दमकमा स्रष्टा सम्मान, रचनावाचन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। जनसाहित्य सङ्घ, नेपाल कोशी प्रदेश समितिको आयोजनामा दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा जनसांस्कृतिक महासङ्घ नेपालका संयोजक भीम कुमाखीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान पुर्याएका १९ जना स्रष्टालाई सम्मान गरिएको थियो।

नेपाली साहित्यको श्रीवृद्धि, सिर्जनात्मक लेखन तथा कला–साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सुवेदीलाई सम्मान गरिएको आयोजकले जनाएको छ। साहित्य साधनासँगै सङ्घसंस्थामार्फत समाज रूपान्तरणका गतिविधिमा सक्रिय सुवेदीको योगदानको कार्यक्रममा चर्चा गरिएको थियो।
रचनावाचन, सम्मान तथा कृति विमोचनसहित सम्पन्न कार्यक्रमले साहित्यकार र साहित्यप्रेमीबीच आपसी भेटघाट र सिर्जनात्मक उत्साह बढाएको आयोजकले जनाएको छ।