रामहरि श्रेष्ठको नियात्रा सङ्ग्रह ‘चीन भ्रमणका सुगन्धहरू’ विमोचित

खगिन्द्रा खुसी · कार्तिक २२, २०८३ ९:०१ PM
Cover Image for News

२१ कात्तिक, झापा ।  लेखक रामहरि श्रेष्ठको नियात्रा सङ्ग्रह ‘चीन भ्रमणका सुगन्धहरू’ को आज गैँडाकोट, नवलपरासीमा विमोचन गरिएको छ।
श्रेष्ठले चीन भ्रमणका क्रममा १८ दिनसम्म गरेका यात्रा, अनुभव, अनुभूति र अवलोकनलाई समेटेर तयार पारेको सङ्ग्रहको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदीले विमोचन गर्नुभएको हो।
रोटरी क्लब अफ गैँडाकोटको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा लेखक तथा साहित्यकार उदय अधिकारी, प्रा. कपिल अज्ञात र डा. केशव चालिसेले गर्नुभएको थियो।
समीक्षकत्रयले नियात्रा विधाका सैद्धान्तिक पक्षसँगै कृतिमा समेटिएका विषयवस्तु, लेखकको अवलोकन क्षमता, अनुभूति र लेखनशिल्पका विविध पक्षमाथि चर्चा गर्नुभएको थियो। उहाँहरूले यात्राका क्रममा प्राप्त अनुभवलाई साहित्यिक अभिव्यक्तिमार्फत पाठकसमक्ष प्रस्तुत गर्ने लेखकको शैलीबारे समेत विश्लेषण गर्नुभएको थियो।
कार्यक्रममा भरतपुर प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति इन्द्रप्रसाद रेग्मी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भरतपुरकी अध्यक्ष हरिप्रिया रिजाल,  पत्रकार तथा लेखक वसन्त पराजुली , डिअार पाेेखरेल, कर्ण बाँनिया, पूर्व सांसद रणेन्द्र बराली, महाकवि पाेषराज पौडेल, कवि सूर्यमणि अधिकारी,   प्रकाश चापागाईं, लघु कथाकार भूमिका तिमिल्सिना, साहित्यकार रमेश काफ्ले, कवि इन्द्रराज पौडेल,  राजेन्द्र  घायल, लेखराम सापकोटा,किसान प्रेमी, पूर्णप्रसाद अधिकारी आदि साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। लेखककाे व्यक्तित्व तथा कृतित्वका बारेमा राेेटरी क्गैलब गैंडाकाेटका संस्थापक अध्यक्ष तथा वरिष्ठ  चित्रकार भीमप्रसाद शर्माले गर्नु भएको थियो ।
चीन भ्रमणका क्रममा देखेका, भोगेका र अनुभूत गरेका विषयलाई साहित्यिक रूप दिँदै श्रेष्ठले आफ्नो यात्रानुभवलाई ‘चीन भ्रमणका सुगन्धहरू’ मार्फत पाठकमाझ ल्याउनुभएको हो।

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।