स्रष्टा दिपक विवश आँसुको ´झिरमा उनेको मान्छे`कृतिको लोकार्पण
झापा ७ भाद्र/स्रष्टा दिपक विवश आँसुको ´झिरमा उनेको मान्छे`कृतिको लोकार्पण गरिएको छ।
शनिबार शिवसताक्षीको शिवगञ्जमा सम्पन पाथीभरा साहित्य सम्मेलन तथा स्रष्टा सम्मान कार्यक्रम–२०८३ मा कृतिको विमोचन गरिएको हो।
कृतिमा कलाकार स्वतन्त्र संसार महर्जनको आँट,साहस र धैर्यको विषयमा आँसुले आत्मकथा लेखेका हुन्।कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीप्रसाद उप्रेती,कार्यक्रमका सभापति बलराम ताजपुरिया, संस्थाकी संरक्षक जमुना ताजपुरिया,विशिष्ट अतिथिहरु शिवसताक्षी नपा. का नगरप्रमुख मेगाहाङ्ग थोप्रा,नित्यानन्द ताजपुरिया,सरिता महर्जन,कृतिका लेखक लगायतले कृतिको विमोचन गरेका थिए ।
कार्यक्रममा सरिता महर्जनलाई `पाथिभरा महारानी सम्मान´,स्वर्गीय स्वतन्त्र सञ्चार महर्जन (मरणोपरान्त)लाई ´पाथिभरा युग नायक सम्मान´,पवन जोशीलाई पाथिभरा दीर्घ साधना सम्मान, गीतकार बुद्धवीर लामा,कलाकार,साहित्यकार हेमन्त बुढाथोकी,साहित्यकार उमानाथ दाहाल, गायिका सोनु राई दार्जिलिङ लगायत ४१ जना स्रष्टा,कलाकार, शिक्षासेवी, पत्रकार,खेलाडी ,समाजसेवीहरुलाई पाथीभरा अनलाइन टेलिभिजनको तर्फबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा विमोचित कृतिका लेखक तथा पाथीभरा अनलाइन टेलिभिजनको अध्यक्ष महाप्रबन्धक दिपक विवश आँसु,सम्मानितहरुको तर्फबाट समाजसेवी सरिता महर्जन र गीतकार तथा गायक बुद्धवीर लामाले मन्तव्य राखेका थिए।