डा. वेन्जु शर्माको नाटक 'अपाङ्ग'
(बनारसको एउटा होस्टेलअगाडिको बगैंचामा आमा र छोरी मेचमा बसिरहेका छन् । आमा चिन्तित देखिन्छिन् ।)
छोरी: मम्मी ! भित्र बस्ने होइन ?
आमा: मेरा हात गोडा गलेर आइसके, पसिनाले लथपथ भइसके । म यहीँ केही क्षण शीतलमै बस्छु । हुँ, कति दिनसम्मप्लेनलाई कुरिरहने हो । घरमा कति बितिसक्यो कति ! यति लामो समयमा केके भइसक्यो होला ! कुन दैवले मलाई यहाँ ल्याएछ । अब अर्को हप्ता पनि प्लेन नजान सक्छ । ढिलो... ढिलो पनि, साह्रै ढिलो हुने भयो ।
छोरी : अब एक हप्ता त हो नि मम्मी ! कति पीर लिएको ? मसँग बस्न पाउनुभएकै छ । खाना म बनाइहाल्छु । यहाँ
रमाइलै छ नि । अब बस्नु नै परेपछि पीर लिएरमात्र हुन्छ र ?
आमा : तिमीलाई त मम्मी अरू सात दिन बस्ने भएकीले खुसी लागेको होला । तर आफूलाई हावा बनेर घर पुगूँ कि
पखेटा हालेर घर पुगूँजस्तो भइरहेछ ।
आरती : (आउँदै) के भयो ? तपाईं त आउनुभएछ त ।
आमा : हेर न, प्लेन नजाने भयो । अब एक हप्ता यहीँ बस्नुपर्ने भयो । ट्रेनमा जाऊँ भनेर सोचें। ट्रेन पनि बिहानै गइसकेछ । अब के गर्ने । मेरो मन त ज्यादै हतास भइरहेछ । अरू कुनै उपाय छैन जाने ।
आरती : तपाईंको गल्ती हो र, प्लेन नजानु ?
आमा : ट्रेनमा भोलि जाऊँ भने दई दिन लाग्छ । ट्रेनमा यात्रा गर्ने छैन । विवाहपछिको यो मेरो पहिलो लामो यात्रा हो । मेरो बानी नै छैन । आजसम्म मैले एक्लै यात्रा गरेकै हुन मेरो मन... ढुकढुक भएर आउँछ । कतै कहीँ केही सक्छ... त्यसैले म अरू केहीमा जान सक्दिनँ । मैले प्लेन नै कुर्नुपर्छ ।
आरती : दिदी ! जब कुनै विकल्प छैन भने किन छटपटाउनुहुन्छ । साथमा छोरी छे । केही दिन त हो नि !
आमा : घर के घर... । मेरो घर... के भइसक्यो होला... छोराछोरी, छोरी श्रीमान्... घरको पीर कति ठूलो हुन्छ । मैले विवाह गरेदेखि घर छोडेको यो पहिलो पटक; जब प्लेनबाट ओर्लिएँ कस्तोकस्तो अनौठो लाग्यो । के म नै प्लेनबाट ओर्लिएकी हो कि वा कुनै फिल्मकी नायिका ओर्लिएकी हो जस्तो लाग्यो । अहिले यो होस्टेलमा छु ।बेलाबेलामा मन झसङ्ग हुन्छ । कहाँबाट यहाँ आइपुगेँ जस्तो लाग्छ । जब बजारतिर घुमिरहेकी हुन्छु, म झसङ्ग हुन्छु । श्रीमान् मेरा साथ हुनुहुन्न । मेरो हात उहाँको हातमा हुँदैन । के म नै बजार घुमिरहेकी हुँ जस्तो लाग्छ । बजार घुम्न जाँदा उहाँले मलाई पाखुरामा समातेर, यानि हातमा हात मिलाएर हामी हिँड्थ्यौँ, घुम्थ्यो । तर यहाँ मलाई, यो बनारसमा घुम्दा कतै गाडीहरूले किचेर लैजाँदै छ जस्तो लाग्छ । मलाई राम्ररी समातेर हिँड्न छोरीलाई सधैँ 'भन्छु
छोरी : मैले बजारमा समातेर त हिँडेकी छु । हजुरलाई गाडीबाट जोगाएर, पेटीमा पुऱ्याउन मलाई कति मुस्किल पर्छ । हजुर एक्लै हिँड्नै सक्नुहुन्न ।
आमा : त्यसैले त म भन्छु- उहाँले हातमा समाउँदै सजिलै बाटो • कटाउनुहुन्थ्यो । मलाई उहाँको साथमा छँदा कुनै कुराको फिक्री हुँदैनथ्यो । सबै कुरा स्वाभाविक रूपले चलिरहेको हुन्थ्यो । तर यहाँ... यहाँ त सबै अस्वाभाविक, यान्त्रिक मानव जस्तो ।
आरती : सधैँ लोग्नेले चलाउँदामात्र चल्ने तपाईं यहाँ बरु स्वतन्त्र हुनुहुन्छ । त्यहाँ यान्त्रिक बन्नुभएको रहेछ ।
आमा : के भन्नुभएको ? उहाँको आज्ञाको पालन गरेर हिँड्दा त्यहाँ जीवन सहज र स्वाभाविक थियो । हरेक क्रियाकलाप सजिलो थियो । तर यहाँ अह्राउने कोही छैन । के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने । सबै कुरा अन्योल र अन्यमनस्क छ । मलाई यसरी एक्लै घुम्नु नपरोस्, भगवान्सँग प्रार्थना गर्छु । मनमा डर र त्रासले लखेटिरहेको हुन्छ । यस्तो कुनै यात्रा अब मलाई मन्जुर छैन ।
आरती : केको डर ? किन डर ? तपाईं राती हिँडिरहनुभएको छैन । खतरनाक ठाउँमा गइरहनुभएको छैन । यो होस्टेल र बजार, जहाँ सबै मानिसहरू सुरक्षितसाथ हिँडिरहेछन्, बसिरहेछन्, तपाईंलाई मात्र किन डर ? भन्नुस् त ?
आमा : (बिस्तारै हाँस्दै) हुन त हो, तर एक्लै हिँड्ने मेरो बानी छैन । सधैँ श्रीमान्का साथमा मात्र हिँडिरहेकी ।
आरती : (हाँस्न थाल्छे) तपाईंजस्ती स्वास्नीमानिस मैले देखेकी थिइनँ । उसै त दुब्ली मानिस, झन् दुब्ली भइसक्नुभयो । हेर, आँखा • गडेर नीलो भइसकेछ । कति कमजोर देखिनुभएको छ । सबै चिन्ता छाडिदिनुस् । आरामसँग एक हप्ता बस्नुस्, अनि प्लेनमा जानुस् ।
आमा : राती निद्रा लाग्दैन । सधैँ औषधि खानुपर्छ ।.
आरती : यति तनावमा हुनुहुन्छ तपाईं, राति कसरी निद्रा लाग्छ । तपाईं आफ्नो देशमा, बाहिरको केही काम गर्नुहुन्न ?
आमा : भन्न खोज्नुभएको के जागिर ? कहाँ फुर्सद हुन्छ र घरको यति काम हुन्छ । म अफिस गएँ भनें, बाहिर काम गर्न थालेँ भने घर के होला, आफैँ सोच्नुस् । रातदिन काम गरेर थाकेर आउनुभएको श्रीमान्लाई मैले हाँसेर, सफासुग्घर घरमा राखेर खुवाउनु, पिवाउन मेरो कर्तव्य हो । म अफिस गएँ भनेँ, मेरो घरको, मेरो परिवारको के गति होला । मैले घरलाई नै अफिस सम्झेकी छु ।
आरती : यो त ठीकै छ । तर तपाईंको घर र परिवारप्रतिको लिप्सा छ, त्यो सुन्दाचाहिँ मलाई डर लागिरहेछ । मानिस घर र परिवारभन्दा यति अपाङ्ग हुन जाँदो रहेछ, धापमा गड्दो रहेछ... ।
आमा: तपाईं जसलाई धाप भनिरहनुभएको छ, म त्यसलाई प्यार भन्छु । प्यारविना संसार शून्यशून्य हुन्छ । एकछिन कल्पना गर्नुस् त, प्रेम नभए यो संसार कस्तो होला ! यही प्रेममा त मानिस बाँचेको छ ।
आरती : प्रेममा लिप्तता वा भनौँ तृष्णा बढी हुनुहुँदैन । प्रेमले संसारलाई फलाउँछ, फुलाउँछ तर कहिलेकाहीँचाहिँ यही प्रेमले मानिसलाई गाड्छ पनि । तपाईंले कहिलेकाहीँ घरपरिवारबाट अलि टाढा राखेर आफूलाई हेर्ने कोसिस पनि गर्नुभएको छ ?
आमा : मलाई यी सब सोच्ने फुर्सद कहाँ हुन्छ ? बिहान उठ । नोकरचाकरलाई उठाऊ । घर सफासुग्घर, पूजापाठ, खाना बनाऊ, बारीबगैंचा, इष्टमित्र, नाताकुटुम्ब, पाहुनाको आवतजावत... राम्रो काम गर्ने मानिस पाइँदैन । उनीहरूले काम गरेको चित्त बुझदैन । सफा भएन भने फेरि आफैँ बसेर सब सिंढीहरू पुछ्नुपर्छ । भाँडा राम्ररी सफा हुँदैन । सफा गर्नुपर्छ । काम गर्नेलाई कडा वचन केही भन्यो भने हिँडिहाल्छन् । यी सब कामैकामले बिहान कसरी रातमा परिणत हुन्छ र फेरि भोलि बिहान हुन्छ- पत्तै हुँदैन । धेरै सफासुग्घरमा बस्ने मेरो बानी छ । यहाँ त जहाँ हेय, त्यहीँ फोहोर लाग्छ मलाई । यही फोहोरले पनि मलाई टाउको दुखेको हो ।
आरती : त्यसैले त म भन्छु- तपाईं टेन्सनमा बिउँझनुहुन्छ र टेन्सनमै निदाउनुहुन्छ । मैले भन्न खोजेको बिहानदेखि बेलुकीसम्म तपाईं टेन्सनमा बाँच्नुभएको छ ।
आमाः यो मेरो स्वाभाविक दिनचर्या हो । यसलाई मैले टेन्सनमा लिनुहुँदैन ।
आरती : यसलाई नियमित दिनचर्या भनी स्वाभाविक रूपमा लिन सक्नुभएको भए तपाईं यति दुब्लो र कमजोर हुनुहुँदैनथ्यो । यो एक्लो जिम्मेवारीले तपाईं थिचिनुभएको छ । दिनदिनै निर्बल बन्दै जानुभएको छ । आफ्नो देशमा कहिलेकाहीँ कतै एक्लै घुम्नेडुल्ने पनि गर्नुहुन्न ?
आमा: बीस वर्षको उमेरमा विवाह भयो । विवाह भएको पनि अठ्ठाइस वर्ष भइसक्यो । यस बीच कहीँकतै पनि एक्लै हिँड्ने डुल्ने गरेकी छैन । समय यति छिटोछिटो जान्छ कि कुनै कुरा सोच्ने फुर्सद पनि हुँदैन । साँच्चै नै विवाह भएपछि यति लामो यात्रा एक्लै गरेकै छैन । त्यसैले अनौठो लागिरहेछ, आश्चर्य लागिरहेछ, डर पनि लागिरहेछ ।
आरती : कहिलेकाहीँ स्वतन्त्र भएर कुनै समुद्रको तटमा, नदीको किनारमा, बगैंचापार्कमा, साथीभाइ, इष्टमित्र, नाताकुटुम्ब कहाँ जाने मन पनि तपाईंलाई हुँदैन ?
आमा: यो सबै त श्रीमान्सँग जाने गर्छु । एक दिनको कुरो हो, श्रीमान्लाई पर राखेर म समुद्रको किनारमा बसेकी थिएँ । झण्डै छालले आएर हुत्त्याएर लगेको । श्रीमान्ले दौडेर आएर नसमातेका भए मेरो के हविगत हुन्थ्यो होला ।
आरती : भर्खरभर्खर उड्न लागेको चराको बच्चा भुइँमा खस्छ, लड्छ । तर पनि माउले उसलाई उड्न सिकाएरै छोड्छ । ऊ उड्न समर्थ भएरै छोड्छ । तर तपाईंजस्तालाई अति संरक्षणले अपाङ्ग बनाइसकेको छ । चराको बच्चामा जति आत्मविश्वास तपाईंहरूमा छैन । आफूले आफैँलाई संरक्षण दिन नसकेर, सधैँ कसैले संरक्षित गरिदिनुपन,
आमाः सधैँ ताती गराएर डोराइरहनुपर्ने । कति दयनीय स्थिति । तपाईंहरू किन यति कमजोर बन्दै जानुभएको छ ? पहिले ढोकासम्म जानुस्, अनि सडकसम्म पाइला हाल्नुस् त्यसपछि चौबाटोसम्म पुगेर चारैतिर हेर्नुस् - कति फराकिला छन् बाटाहरू चारैतिर फैलिएका छन् गन्तव्यहरू । एउटा बाटो थुनियो भने पनि अर्को बाटो खुला देख्न सक्नुहुन्छ । सधैँ एउटा ढोका कुरेर बस्दा कहिलेकाहीँ त्यो ढोका बन्द हुन सक्छ अनि अर्को विकल्प नहुँदा जीवनमरणमा परिणत हुन जान सक्छ । आफ्ना बाटाहरूलाई अलि फरक पार्दै लैजानुस्, आफूभित्रको शक्तिलाई आफैँले दह्रो बनाउँदै लैजाने कोसिस किन गर्नुहुन्न ? सधैँ पराधीन भएर, एउटा भय र त्रासले लखेटिएर बाँच्दा, आत्माविश्वास नै पुरिन्छ ।
आमा: स्वास्नीमानिसहरू स्वच्छन्द भएर हिँडेको मलाई मन पर्दैन । नसुहाउँदो काम किन गर्नु- आफ्ना पिता पुर्खाले नगरेको काम । यो असुरक्षालाई म नै किन मोलूँ ?
आरती : स्वच्छन्द नहुनुस्, तर स्वतन्त्र भएर, आत्मनिर्भर भएर, अझ अरूलाई पनि संरक्षण दिन सक्ने भएर बाँच्नुस् । बिचरो एउटा लोग्नेमानिसले ककसलाई संरक्षण दिँदै हिँडोस् - आमालाई, स्वास्नीलाई, छोरीलाई, दिदीबहिनीलाई । परतन्त्र भएर रहँदारहँदा सधैँ कसैको संरक्षणको घेराभित्र बाँधिदाबाँधिदा तपाईंभित्रको आत्मविश्वास मरिसकेको छ । सडकमा हिँड्दा किच्ला भन्ने डर, कतै डुल्न जाँदा, घुम्न जाँदा भीरपहरोबाट खसिएला भन्ने डर, पानीको छेउछाउ पुग्दा छालले बगाउला भन्ने डर । कहीँकोही ' कि आक्रमण गर्ला भन्ने डर । समाज यति घिन लाग्दो, यति डर लाग्दो कहाँ छ र ? यो डर, यो घिन, यो संशय, यो त्रास ज्यादा आफ्नै मनबाट उब्जने गर्छ । म यो भन्न सक्दिनँ कि यो पूरा सफा, स्वच्छ र त्रासरहित छ । तर, यस्तो नारकीय कुण्ड पनि त छैन । यी सबै आफैँबाट सदियौदेखि पालित, पोषित, संशय, त्रास, भय, कुसंस्कार र अन्धविश्वास पनि त हुन सक्छन् । एउटा युग थियो- जुन बेला स्वास्नीमानिसलाई बाबु, लोग्ने र छोराले जीवनपर्यन्त संरक्षण दिइरहनुपर्ने बाध्यता थियो । अब समाजको सोचाइ, मान्यता र मूल्य के मनुकै युगसँगै टाँसिएर बसेको छ ? कति कुराहरूलाई यसले धेरै पछि छाडिसकेको छ । कति कुराहरूलाई टक्टकाएर फ्याँकिसकेको छ । कतिमा सुधार आइसकेको छ । कतिमा पूनर्मूल्याङ्कन भइसकेको छ ।
आमाः बाहिरी आवरणमा मात्र परिवर्तन आएको छ । भित्री कुराहरू यथावत् छन् । मानिसभित्रका दुष्ट भावनाहरू अझ प्रबल हुँदै गइरहेछन् । यस्तो समाजमा कुनै समय, कुनै पनि घटना घट्न के बेर । त्यसैले यसबाट सुरक्षित रहनु संरक्षित रहनु नै बेस होइन र ?
आरती : ठीक समय, ठीक स्थान, ठीक व्यक्ति, ठीक वातावरण कहिल्यै खराब हुँदैन । सबैतिर, चारैतिर खराब देख्ने सोचाइ लिनु, एउटा खतरनाक स्थितिको सम्भावनाको सोचाइलाई सधैँ साथै लिएर हिँड्नुले मानिसलाई त्यस्तै स्थितितिर डोऱ्याउँदै लैजान सक्छ किनकि, त्यो अनिच्छित वस्तु इच्छित वस्तु हो । जबसम्म मनमा दुर्भावनाहरू टाँसिएर बसिरहेको हुन्छ, त्यसको भित्र र बाहिर दुर्भावनामात्र फैलिरहेको हुन्छ । दुर्भावनाको मुक्ति वा दुर्घटनाको मुक्ति त्यस्तो वातावरण र त्यस्तो सोचाइबाट टाढा रहनुमा नै हुन्छ ।
आमाः कुनै पनि बेला, कहीं पनि दुर्घटना घट्न सक्ने त्रासले चाहिँ किन हो; म सधैँ त्रसित छु । हिजो मेरै देशका एकजना व्यक्तिले यहाँका स्मारकहरू हेर्ने प्रस्तावलाई मैले स्विकार्न सकिनँ । किनकि, उनीसँग हिँड्न मलाई डर लागिरहेको थियो । कुनै दुर्घटना नहोला, तर मेरो सफा चरित्रमा दाग लाग्न सक्ने सम्भावनाले ।
आरती : उसले यहाँलाई मद्दत गर्न खोज्यो, तर यहाँले त्यसलाई काला आँखाहरूले हेर्नुभयो ।
आमा: ऊ मेरो छिमेकी पनि हो । त्यस्तो नहुन सक्छ । तर मानिसको आँखाबाट त हामी जोगिन सक्दैनौँ । समाजको मुख त हामी थुन्न सक्दैनौँ । आजसम्मको दागरहित मेरो चरित्रलाई म थोपा पनि दाग लगाउन दिन चाहन्न । उमेरका धेरै यो खतरनाक स्थितिहरू पार गरिसकेकी मैले अब आएर, उमेरमा आएर, कसैले औँला ठड्याएको म सुन्न सक्दिनँ, हेर्न सक्दिनँ । त्यसका लागि जति नै त्यागको आवश्यकता भए पनि त्यसको लागि म तयार छु । आखिर ऊ पनि त लोग्नेमानिस हो । त्यसको दाह्री पालेको अनुहार मलाई खतरनाक स्थितिले औँला ठड्याइरहेको जस्तो भान हुन्छ । त्यसैले म आफ्नो देशमा छँदा पनि उसकी श्रीमतीसँग मात्र कुरा गर्ने गर्थे ।
आरती : यी शब्दहरूले तपाईंमा आत्मनियन्त्रण कम भएको म महसुस गर्दै छु । तपाईं सधैँ आफूसँग मात्र डराउनुहुन्छ । डरलाई तपाईंले आफैँभित्र पालेर राख्नुभएको छ । कसैको अनुहार देख्दैमा डर लाग्छ । कुनै ठाउँ देख्दैमा भय उत्पन्न हुन्छ ।तपाईंमा यी डरहरूसँग सामना गर्ने शक्ति छैन वा भनौ, आत्मनियन्त्रण छैन । मेरा एक जना गुरु हुनुहुन्थ्यो । उहाँ स्वास्नीमानिसको मुख हेर्नुहुन्नथ्यो । बीचमा पर्दा राखेर मलाई पढाउनुहुन्थ्यो । मलाई यो देखेर हाँसो उठ्थ्यो । आफैंप्रति आफैँलाई विश्वास नभएपछि, आत्मनियन्त्रण नभएपछि मानिस यस्तो व्यवहार गर्न बाध्य हुन्छ । यसबाट 'उनको चरित्र साह्रै राम्रो मान्दिनँ । उनी एउटा दुर्बल मनका मानिस हुन् । जसको आफैंप्रति विश्वास गुमेको छ र जसमा आत्मसंयम पटक्कै छैन । आत्मसंयम भएको कुनै पनि मानिस योगी नै भने हुन्छ । उसलाई यस्ता बाहिरी कुराहरूले छुदैन । आत्मनियन्त्रणं हुनु वा भनौँ आत्मसंयम हुनु के योगिक अभ्यास होइन ? के मानिसले जोगीको लुगा लगाएरै हिँड्नुपर्छ र ?
समयले तपाईंलाई जाँचिरहेको हुन्छ, तौलिरहेको हुन्छ । तपाईं त्यसमा कति खारिन सक्नुहुन्छ, मूल्यवान् बन्न सक्नुहुन्छ, त्यो तपाईंको आत्मिक कुरो हो । तर, तपाईं भित्री, आत्मीय कुराहरूमा ध्यान दिनुहुन्न । केवल बाहिरी आवरणलाई, परिवेशलाई ठूलाठूला आँखाले हेरिरहनुहुन्छ ।
आमा : अठ्ठाईस वर्षदेखि म कहिल्यै एक्लै सुतेकी छैन । उहाँ सदा मेरा साथमा सुत्नुहुन्छ । मलाई भित्तापट्टि सुताएर उहाँ पर्खालजस्तो भएर मलाई छेक्नुहुन्छ । त्यस बखत म आफूलाई कसैबाट पनि लड्न नसक्ने सुरक्षित अनुभव गर्छु । यो मेरो अभ्यास नै भइसक्यो । म एक्लै निदाउनै सक्दिनँ । उहाँको तातो श्वासप्रश्वास र स्पर्शबेगर म निदाउनै सक्दिनँ ।
सायद, मलाई लाग्छ, उहाँ पनि निदाउन सक्नुभएको छैन होला ।
आरती : भित्ताभित्र रहँदारहँदा, पर्खालभित्र घेरिँदाघेरिँदा, पर्खालबाट
बाहिर टेक्दा तपाईंका गोडाहरू लरबराउँछन्, मन ढक्ढकाउँछ, एउटा त्रासले घाँटी अँचेट्न थाल्छ । यस्तो पर्खालले घेरिने नियतिलाई तपाईं सुरक्षा र संरक्षण सम्झनुहुन्छ । यसैले तपाईंलाई निर्बल, अझ निर्बल बनाउँदै लगिरहेछ । पर्खालको घेराभित्रको सङ्कुचित पोखरीको । यो चेतनाको बोधमात्र धापमा तपाईं गड्दैगड्दै जानुहुँदै छ तपाईंमा भइदिएको भए ।