वर्तमानले गर्यो 'सीतागणेश साहित्य कला पुरस्कार' घोषणा तथा "गणेशप्रसाद नेपाल स्मृति ग्रन्थ"लोकार्पण

खगिन्द्रा खुसी · मंसिर १२, २०८३ ९:०९ AM
Cover Image for News

११ मंसि,र झापा । दिवंगत स्रष्टा गणेशप्रसाद नेपालको स्मृतिमा "गणेशप्रसाद नेपाल स्मृति ग्रन्थ" लोकार्पण गरिएको छ । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर–१०, झापाको आयोजनामा आयोजित एक विशेष कार्यक्रममा सो कृतिको लोकार्पण गरिएको हो । भद्रपुर नगरपालिका वडा नं-१० को कार्यालयमा मंसिर १० गते सम्पन्न उक्त कार्यक्रममा 'सीतागणेश साहित्य कला पुरस्कार'को घोषणा समेत गरिएको छ । स्रष्टा रत्नमणि नेपाल र उहाँको सम्पूर्ण परिवारले आफ्ना मातापिता तथा परिवारका अग्रजहरुको सम्मानमा नेपाली भाषा तथा साहित्यको उन्नयनमा योगदान दिने स्रष्टा सर्जकहरुलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कारको स्थापना गरिएको हो । २५ हजार ५ सय ५ रुपैयाँ राशि रहेको सो पुरस्कार प्रत्येक वर्ष प्रतिष्ठानको स्थापना दिवसका अवसरमा प्रदान गर्ने कुराको घोषणा प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहनुभएका डा.रत्नमणि नेपालले गर्नुभएको थियो । 

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको सभाध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार प्रा.डा. गंगाप्रसाद अधिकारीले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो। 

प्रतिष्ठानका सदस्य गीता सुवेदी नेपालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा लेखनाथ पुस्तकालय भद्रपुरका अध्यक्ष नवराज घिमिरे, लता खरेल, पुण्यप्रसाद खरेल, उदय निरौला, होम सुवेदी, डा. चन्द्रमणि नेपाल, राजेन्द्र पोखरेल र कोमल निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिष्ठानको ३०औँ वार्षिक साधारणसभा पनि सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन महेन्द्र कोइरालाले गर्नुभएको थियो। 

 

फोटो

ट्यागहरू:
literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।