सपना

कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी · भदौ ६, २०८१ ९:०९ PM
Cover Image for News

सपनामा देखिने 
सपनाहरू सबै पूरा हुने भए 
सायद त्यो सपना हुने थिएन 
त्यसलाई बिपना भनिने थियो
त्यसैले  
सपना सपना नै हो
बिपना होइन
मैले
दिउँसो देखिने सपना 
सपना मात्र भएको देखेको छु 
कहिले 
कल्पना मात्र भएको देखेको छु 
अनि भावना भएर 
आफैलाई सताएको पनि देखेको छु 
सपनाको पनि 
कुनै टुङ्गो नहुँदो रहेछ 

कठै !
हजारौं सपनाहरू 
पूरा नहुँदै तुहिएको देखेको छु 
सपना देख्नेहरू
सपनासंगै जोडिएर 
हाँस्दा हाँस्दै रोएको देखेको छु  
देख्न त
कयौं सपना पूरा हुँदा 
रुँदारुँदै हाँसेको पनि देखेको छु
संसार जितेको पनि देखेको छु 
सायद सबैको सपना पूरा हुँदो हो त 
त्यो सपना
सपना मात्र हुने थिएन 
यथार्थ हुने थियो 
सायद संसार यस्तो हुने थिएन 
सबैले आफूले चाहे जस्तै 
संसार बनाउने थिए
खुशीमा झुमेर 
खुट्टाले भुइँ छाड्ने थिए 
सायद 
नाच्नलाई आँगन चाहिने थिएन 
म जस्ता हजारौं सपना देख्नेहरुको 
हजार सपनाहरू बेकार हुने थिएनन् 
सपना, सपना मात्र हुने थिएन 
तर 
सपना सपना नै हो 
बिपना होइन 
तर पनि 
सपना देख्न छोड्नु हुन्न 
नसुतेर नै सही 
सपना भनेको आशा हो 
सपना भनेको बाँच्ने आधार हो 
सपना भनेको 
पूरा नहुँदा सपना हो 
पूरा हुँदा आफ्नो सफलता हो ।

तस्बिर
कर्ण गुरुङ

ट्यागहरू:
सहित्य कविता literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
Manoj
एक बर्ष अगाडि

Ramro

निल कूमार तमू
एक बर्ष अगाडि

सहि हो

ज्ञानबहादुर छेत्री
एक बर्ष अगाडि

सपना पुरा हुँदा सफलता। बेजोड छ। हार्दिक बधाई कर्ण भाइ।

सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५