सेक्स- कविता - कृसु क्षेत्री

कृसु क्षेत्री · मंसिर ७, २०८३ ७:३७ AM
Cover Image for News

फूलका अधरमा
भमराको अधैर्य चुम्बन,
शीतका थोपामा मादक कम्पन—
पातका पत्रपत्रमा
सल्किँदै जान्छ
वसन्तको प्रेमिल उन्माद।

अलिकति लजाउँछ फूल,
अलिकति नजिकिन्छ भमरा,
दुवै हराउँदै जान्छन् 
सुगन्धको गहिराइमा।
अधरको रसिलो निमन्त्रणामा
अझै नजिकिन्छ भमरा,
बिस्तारै पग्लिँदै जान्छ 
फूल आफ्नै सुवासमा।

परागको उन्मुक्त वर्षा,
पखेटाको कोमल स्पन्दन,
रसको मादक सिञ्चन—
दुई भिन्न अस्तित्वभित्र सल्बलाउँछ
एउटै अनुभूति।
प्रकृति आफैँ
आँखा चिम्लिरहन्छ 
प्रणयको चरम आलिङ्गनमा।

भमरा उडिसकेपछि पनि
फूलका अधरमा बाँकी रहन्छ
चुम्बनको ओस,
पत्रपत्रमा
स्पर्शको न्यानोपन,
सुगन्धको गहिराइमा
तरङ्गित भइरहन्छ 
मिलनको मीठो कम्पन।

कसले चुम्यो पहिले—
फूलले कि 
भमराले?
कसले निम्त्यायो पहिले
त्यो निषिद्धजस्तो लाग्ने
मादक मिलन ?

देहको सीमा भत्किएको
प्रेमको त्यो उद्दाम क्षणमा
कवि-
आफ्नै अतृप्त वासना बोकेर
एक्लै देहको अँध्यारोमा
हस्तमैथुन गर्छ
र स्खलित भइरहन्छ
कविताका शब्दशब्दमा।

ट्यागहरू:
कविता sahitya svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कविता उन्मुक्त हाँसो - प्रकाशचन्द्र खतिवडा
कविता उन्मुक्त हाँसो - प्रकाशचन्द्र खतिवडा
प्रकाशचन्द्र खतिवडा - बुधबार ४ नोभेम्बर २०२६
उसको आकाश अझै बाँकी छ
उसको आकाश अझै बाँकी छ
✍️ हिम्मत नेम्बाङ , पोष्ट-दिलिप घिमिरे - बुधबार ४ नोभेम्बर २०२६
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
गन्तव्य मोडिए पनि - सुभद्रा भट्टराई अर्याल
खगिन्द्रा खुसी - बुधबार ४ नोभेम्बर २०२६
चङ्गा
चङ्गा
✍️ निलिमा आचार्य ,पोष्ट-दिलिप घिमिरे - आइतबार १ नोभेम्बर २०२६