सताक्षीधाम साहित्य सङ्गमको अध्यक्षमा उमनाथ दाहाल

दिलिप घिमिरे · मंसिर ७, २०८३ ६:०३ PM
Cover Image for News

झापा, ६ मङ्सिर । ‘साहित्यमा लगानी, सिर्जनशील समाज निर्माणको थालनी’ भन्ने मूल मन्त्र बोकेको सतासीधाम साहित्य सङ्गमले नयाँ नेतृत्व चयन गरेको छ। शिवसताक्षी नगरपालिका–दुधेमा स्थापित सङ्गमको दोस्रो अधिवेशनबाट उमनाथ दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पदमप्रसाद दाहाल, सचिवमा यादवप्रसाद घिमिरे र कोषाध्यक्षमा लोकमणि गौतम चयन भएका छन्। सदस्यहरूमा श्रीप्रसाद खरेल, हाङओजा थेगिम, निर्मला प्रधान, शारदा बजगाईं र अनिल आचार्य रहेका छन्।

नयाँ कार्यसमितिले संस्थाको गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न समिति पनि गठन गरेको छ। नरपति पाठकको संयोजकत्वमा सल्लाहकार समिति, यदुनाथ खनालको संयोजकत्वमा सांस्कृतिक समिति, नारायण भट्टराईको संयोजकत्वमा प्राविधिक समिति र छविलाल दवाडीको संयोजकत्वमा सञ्चार समिति गठन गरिएको हो।

अधिवेशनमा आजीवन सदस्यहरूको उल्लेख्य उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले सङ्गमले साहित्यको विकास र प्रवर्द्धनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

स्थानीय साहित्यिक प्रतिभाको पहिचान, सिर्जनाको प्रवर्द्धन र साहित्यिक गतिविधिको विस्तारमार्फत सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यसहित सङ्गमले आफ्नो संस्थागत यात्रालाई अघि बढाउने अपेक्षा गरिएको छ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू