सुसेलीको शनिबारे गोष्ठी सम्पन्न
६ मंसिर, झापा । शनिबार सुसेली साहित्यिक परिवार, मेचीनगरको शनिबारे गोष्ठी सम्पन्न भएको छ । काकरभिट्टाको देवकोटा पार्कमा आयोजना भएको गोष्ठीमा परिवारका उपाध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको अध्यक्षता रहेको थियो प्रसिद्ध कवि देशु सुब्बा वनेमको प्रमुख आतिथ्य रहेको थियो । सचिव कनक कार्कीले सञ्चालन गर्नुभएको गोष्ठीमा स्रष्टा–कविहरु मुनाराज शेर्मा, तुलसीप्रसाद भट्टराई, गणेश निरौला, कृष्णप्रसाद मिश्र, देशु सुब्बा, ज्ञानेन्द्र ढुङ्गाना, कल्पना ओली, पुण्यप्रसाद खरेल, भवानी क्षेत्री, उषा गुरुङ, भूवन सुब्बा, मुक्ति अस्तित्व, जय भण्डारी, सोहेल ओली शेख, निवर्तमान उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई, तोयानाथ दाहाल, मदन अधिकारी तथा कनक कार्कीले आ–आफ्ना सृजना वाचन गर्नुभएको थियो । प्रमुख अतिथि देशु वनेमले आजका सृजनाबारेमा छोटो मन्तव्यसहित सुसेली साहित्यिक परिवारलाई शुभकामना दिनु भयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले आज राम्रा राम्रा सृजना लिएर उपस्थित हुनुभएका सबै साहित्यकारप्रति आभार तथा धन्यवाद व्यक्त गर्दै पछिका कार्यक्रममा पनि यस्तै उपस्थितिको अपेक्षासाथ कार्यक्रम समापन गर्नुभएको समाचार सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलबाट प्राप्त भएको छ।