सियो खोइ सियो !
बाल कविता
सियो खोइ सियो !
-माधवप्रसाद घिमिरे
सियो खोइ सियो
ऐले यहीँ थियो
ऐले पयो काँ काँ
खोज तीखा आँखा !
हराएको सियो
लुकी गर्छ चियो
हेर हेर, आँखा
हेरेको हो काँ काँ
सानुसानु सियो
काम ठूलो थियो
कता परिदियो
सियो खोइ, सियो !
आँखा यता नजा
लुक्नु कति मजा ।
पैले त्यसै फाल्यौ
ऐले भन्न थाल्यौ।।
©
ट्यागहरू:
बालसाहित्य#कविता #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
हाम्राे कक्षाको नियम- बाल कविता - कृष्ण सुवेदी 'निराकार'
कृष्ण सुवेदी `निराकार´ - आइतबार २२ नोभेम्बर २०२६