साहित्यकार रिजालको ‘नेपाली साहित्यका पच्चीस सर्जक’को ‘सडक लोकार्पण’ सम्पन्न
झापा ७ बैशाख/साहित्यकार तथा साहित्यिक पत्रकार डा.नवराज रिजालद्वारा लिखित व्यक्तिवृत्तकृति ‘नेपाली साहित्यका पच्चीस सर्जक’को ‘सडक लोकार्पण’ सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको बागबजारमा उपस्थित साहित्यकार तथा लेखकले कृतिको ‘सडक विमोचन’ गरे । यो कृति तन्नेरी पत्रिकाले प्रकाशन गरेको हो ।
कार्यक्रममा कृतिकार डा.रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वले पुर्याएको योगदानलाई लिपिबद्ध गर्दै आउने पुस्ताका निम्ति कृतिमार्फत दस्ताबेजीकरण गरिएको बताए ।
सडक विमोचन अभियानका सदस्य नियात्राकार राजाराम बर्ताैलाले सर्जक रिजालले महत्त्वका साथ व्यक्तिवृत्त कृति तयार पारेको उल्लेख गरे ।
त्यस अवसरमा बद्रीप्रसाद ढकाल,शरद प्रधान, शन्तराम बिडारीलगायत साहित्यकारले कृति र सडक विमोचन अभियानमाथि आफ्नो धारणा राखे ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
´सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान
दिलिप घिमिरे - मङ्गलबार २७ अक्टोबर २०२६
‘स्वस्तिका स्मृति लघुकथा प्रतियोगिता-२०८३’ मा टङ्कबहादुर आलेमगर सर्वोत्कृष्ट
खगिन्द्रा खुसी - मङ्गलबार २० अक्टोबर २०२६
मैत्री समाज र नवनासो साहित्य प्रतिष्ठानको मा.वि स्तरीय कविता प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - आइतबार १८ अक्टोबर २०२६
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६