साहित्यकार रिजालको ‘नेपाली साहित्यका पच्चीस सर्जक’को ‘सडक लोकार्पण’ सम्पन्न
झापा ७ बैशाख/साहित्यकार तथा साहित्यिक पत्रकार डा.नवराज रिजालद्वारा लिखित व्यक्तिवृत्तकृति ‘नेपाली साहित्यका पच्चीस सर्जक’को ‘सडक लोकार्पण’ सम्पन्न भएको छ।
शुक्रबार काठमाडौंको बागबजारमा उपस्थित साहित्यकार तथा लेखकले कृतिको ‘सडक विमोचन’ गरे । यो कृति तन्नेरी पत्रिकाले प्रकाशन गरेको हो ।
कार्यक्रममा कृतिकार डा.रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वले पुर्याएको योगदानलाई लिपिबद्ध गर्दै आउने पुस्ताका निम्ति कृतिमार्फत दस्ताबेजीकरण गरिएको बताए ।
सडक विमोचन अभियानका सदस्य नियात्राकार राजाराम बर्ताैलाले सर्जक रिजालले महत्त्वका साथ व्यक्तिवृत्त कृति तयार पारेको उल्लेख गरे ।
त्यस अवसरमा बद्रीप्रसाद ढकाल,शरद प्रधान, शन्तराम बिडारीलगायत साहित्यकारले कृति र सडक विमोचन अभियानमाथि आफ्नो धारणा राखे ।
ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
असमका गायक हुकुमलाल मगर रहेनन् !
दिलिप घिमिरे - सोमबार ७ सेप्टेम्बर २०२६
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६