नारी स्रष्टा समाज नेपालले चार जना स्रस्टालाई सम्मान गर्ने

खगिन्द्रा खुसी · कार्तिक १२, २०८३ २:२९ PM
Cover Image for News

११ कात्तिक, झापा । नारी स्रष्टा समाज नेपालले चार जना स्रस्टालाई सम्मान गर्ने भएको छ । समाजकी अध्यक्ष ममता मृदुलको ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । विवश पोख्रेलको संयोजकत्वमा लक्ष्मी पोख्रेल अम्बिका खरेल उप्रेती तथा लक्ष्मी रायमाझ खड्का सदस्य रहेको पुस्कार सिफारिस समितिले सिफारिस गरे अनुसार मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार २०८३ ललितपुरका विधान आचार्यलाई, कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार २०८३ धनगढीका हेमन्ती जोशीलाई, पारस काफ्ले स्रष्टा सम्मान तथा पुरस्कार २०८३ विराटनगरका लोचन रिजाललाई तथा कालीगङ्गा स्रष्टा सम्मान तथा पुरस्कार २०८३ झापाकी सफलता फुयललाई प्रदान गर्ने निर्णय गरिएको हो । 
 यी पुरस्कार विराटनगरमा वार्षिकोत्सवको अवसरमा प्रदान गर्नेकुराको जानकारी समाजकी अध्यक्ष ममता मृदुलले जानकारी दिनुभएको छ । 

ट्यागहरू:
literature news nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।