साहित्य चौतारीले गर्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान

दिलिप घिमिरे · चैत २९, २०८२ १:१९ PM
Cover Image for News

झापा २९ चैत्र /साहित्य चौतारी बिर्तामोड,फिल्म सोसाईटी नेपाल,कोशी प्रदेश र होटेल हिकोला हेरिटेज प्रालिको संयुक्त आयोजनामा स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ।

 कार्यक्रमका बीच वर्ष २०८२ को विदाई ,नयाँ वर्ष २०८३ लाई स्वागत साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अग्रज स्रष्टा अभिनन्दन तथा सम्मान कार्यक्रम सभ्य,भव्य र दिव्यरुपमा सम्पन्न गरिएको हो।

वरिष्ठ समालोचक प्राडा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य र प्राज्ञ हरिप्रसाद पौडेलको विशिष्ट आतिथ्यता कार्यक्रममा रहेको थियोे।कार्यक्रम साहित्य चौतारी बिर्तामोड झापाका,संस्स्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा धरानका साहित्यकार प्राडा.भीमप्रसाद खतिवडा र श्रीमती बेनु काफ्ले खतिवडा,असम, बटियामारी,भारतका कलाश्री बिनोद खनाल र श्रीमती पिंकी खनाललाई संस्थाको तर्फबाट अभिनन्दन गरिएको थियो ।
 त्यस्तै झापा भद्रपुरका स्रष्टा कृष्ण सुवेदी' निराकार' र श्रीमती कल्पना सुवेदीलाई सम्मान गरिएको हो।

फोटो
प्रमुख अतिथि,विशिष्ट अतिथि एवम् कार्यक्रमका अध्यक्षबाट सम्मानित व्यक्तित्वहरुलाई माला,दोसल्ला खादा,सम्मान पत्र र टीका लगाएर अभिनन्दन पत्रसहित
नौमति बाजा समूहबाट नौमति बाजा बजाएर उच्चसम्मान प्रदान गरिएको गीतकार देवीचरण भण्डारी 'सरोज' ले बताए । ।

कार्यक्रममा अभिनन्दन पत्र वाचन तथा स्रष्टा परिचय क्रमशः प्राडा. खतिवडाको साहित्यकार हरिनारायण भट्टराईले,कलाश्री विनोद खनालको साहित्यकार विनोद खनाल,झापाले र ´निराकार' को सम्मान पत्र वाचन तथा स्रष्टा परिचय देवीचरण भण्डारीले गर्नुभएको थियो।

सम्मानित व्यक्तित्वहरुबाट कृष्ण सुवेदी' निराकार',प्राडा. भीमप्रसाद खतिवडा,बेनु काफ्ले र कलाश्री विनोद खनालले ओजपूर्ण मन्तव्य राख्नुभएको थियो।
असमबाट लोक संस्कृतिकर्मी राम राईको नेतृत्वमा आउनु भएका नृत्याङ्गना कलाकारहरु टीका कार्की,नमिता सोनारी,पवित्रा क्षेत्री र दीक्षिता घिमिरेको उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कविहरु -अभागी थेगुवा,टङ्क विकल्प,केशु विरही,मीना अधिकारी,विरही अधिकारी,देवीचरण भण्डारी,चित्रा पौडेल,लक्ष्मीअच्युत ढुङ्गाना,नवराज पोखरेल 'नवशीला', डीपी.शर्मा,हस्त परियार,चिरञ्जीवी काफ्ले,भवानी क्षेत्री,एकराज भट्टराई, मनिषा भट्टराई,मनु योङ्हाङ लगायतले सृजना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य चौतारी विर्तामोड झापाकी विशिष्ट उपस्थिति उर्मिला विमली श्रेष्ठ,समाजसेवी राजकुमार पोखरेल,राजेन्द्र सङ्ग्रौला,लीला अनमोल,कृष्ण पौडेल,शिरो सान्दाइ,अनिरुद्र ओली,डा.ठाकुरप्रसाद पोखरेल, प्राडा. गंगाप्रसाद अधिकारी,चूडामणि वशिष्ठ,लीलाप्रसाद अधिकारी,हेमनाथ अधिकारी देशु वनेम लगायतका साहित्यिक व्यक्तित्वहरु बाक्लो उपस्थिति रहेको थियो ।
फोटो

कार्यक्रममा साहित्य चौतारीको स्वागत गानबाट देवीभक्त श्रेष्ठ लगायत चौतारीका पदाधिकारी तथा सदस्यहरुबाट सामूहिक स्वागत गरिएको थियोे भने कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङले शब्दबाट स्वागत गरेका थिए ।कार्यक्रम सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।