पाठक–२०२६ : पठन र विचारको चुनौती' प्रतियोगितामा मन्दिरा राउत विजयी

दिलिप घिमिरे · भदौ २, २०८३ ११:२५ PM
Cover Image for News

पाठक–२०२६ : पठन र विचारको चुनौती' प्रतियोगितामा मन्दिरा राउत विजयी भएकी छिन् ।

युवाहरूमा पठन संस्कृति, समीक्षा र तार्किक क्षमताको विकास गर्ने उद्देश्यले सिक्किम अकादेमीद्वारा आयोजित 'पाठक–२०२६ : पठन र विचारको चुनौती' को अन्तिम चरण सफलतापूर्वक सम्पन्न गरिएको हो।

अन्तिम प्रतिस्पर्धामा छानिएका १० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मन्दिरा राउतले 'आठौँ रङको लाछा' पुस्तकको उत्कृष्ट समीक्षा प्रस्तुत गरी प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
त्यस्तै द्वितीय:नरबहादुर घिमिरे(तङसिङ),तृतीय: प्रमिल थिङ (नीलकण्ठ)घोषित भएका छन्।

PDFReader_Convert_20260818_233325_1.jpg 152.11 KB
वरिष्ठ कवि तथा समालोचक डा. बालराम पाण्डे, पेम्पा तामाङ र जय क्याक्टसको निर्णायक मण्डलीले प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेको थियो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मुख्य आतिथ्यमा सम्पन्न यस कार्यक्रमले युवा पुस्तालाई साहित्य र पठनतर्फ थप आकर्षित गर्ने विश्वास लिइएको छ।

ट्यागहरू:
साहित्य #गीत संगीत #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।