खुदुनाबारी परोपकार केन्द्र खुदुनाबारीको तेह्रौँ वार्षिक उत्सव सम्पन्न
लेखक:Admin·प्रकाशन मिति: कार्तिक २८, २०८३ १०:४४ PM
२७ कात्तिक, झापा । खुदुनाबारी परोपकार केन्द्र खुदुनाबारीको तेह्रौँ वार्षिक उत्सव सम्पन्न भएको छ ।
अर्जुनधारा ३ कुम्भिटारमा कार्यालय रहेर खुदुनाबारी क्षेत्रमा विभिन्न सामाजिक, साँस्कृतिक र सेवामूलक कार्यक्रम गर्दै आएको यस केन्द्रले जुकेखाडी सामुदायिक वनको प्राङ्गणमा सांस्कृतिक कार्यक्रमहरु गर्दै सम्पन्न भएको वार्षिकोत्सब कार्यक्रममा केन्द्रका अध्यक्ष लिलावल्लभ खतिवडाको सभाध्यक्षता तथा अर्जुनधारा नगरपालिका वाड नं ३ का वडाध्यक्ष सिताराम भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
फोटोसाहित्यकार खगिन्द्रा खुसी स्थानीय समाजसेवी जीवन भण्डारी र भानु आ वि का प्रधान्यापक युवराज शिवाकोटीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम स्थानीय गायक मोहन गिरी, गायिका योजना भण्डारी लगायत गायक गायिकाले गीत गाएका थिए भने स्थानीय कलाकारले नृत्यहरु प्रस्तुत गरेका थिए । स्रष्टा विष्णु राहगिर, उमेश आचार्य, मुना निरौला लगायतले रचना वाचन गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथि खगिन्द्रा खुसीले स्थानीय विषयलाई केन्द्रमा राखेर लेखिएको आफ्नो उपन्यास खुसीको गाउँ यस ठाउँका सम्पूर्ण परिवेश र कथालाई समेटेर तयार पारिएको र यस खुदुनाबारीका प्रत्येक घरमा एक - एक प्रति राख्न मिल्ने कृति भएको उल्लेख गर्दै यसबाट आएको पैसाको वीस प्रतिशत रकम परोपकार केन्द्रलाई प्रदान गर्ने कुराको जानकारी गराउँदै आफ्नो पोतो पलाएपछि शीर्षकको कविता वाचन गर्नुभएको थियो । फोटोप्रमुख अतिथि सिताराम भट्टराईले स्थानीय स्तरमा रहेर निरन्तर सामाजिक, महत्त्वपूर्ण काम गर्दै आएको परोपकार केन्द्रको महत्त्वपूर्ण योगदानको सह्राना गर्नुभयो । कार्यक्रम समापनका सन्दर्भमा आफ्ना कुरा राख्तै अध्यक्ष खतिवडाले यसरी नै सबैको साथ र सहयोग पाइरहे निरन्तर समाजका विभिन्न पक्ष जोडिएर काम गरिरहने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।
ट्यागहरू:
literature
news
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।