Cover Image for News

“उफ्, तीनदिन भैसक्यो गाँठे यो बेडमा सुतेको ! यो तीनदिन पनि कति लामो लागेको तीन महिना जस्तो ! अझै डाक्टर डिस्चार्जको कुरै गर्दैन । अब त घरमै बसेर दबाई खाँदा भैहाल्थ्यो नि!”उसलाई छटपटी भइरहेछ, चाँडै निको हुनुको भन्दापनि घर गएर रक्सी तुइँक्याउनको । 

के गर्ने र, अस्पतालको सय मिटर वरपरसम्म रक्सी सेवन त के बेचबिखनलाई समेत प्रतिबन्ध लगाइदिएको छ नगरपालिकाले !

रक्सीको तलतल खप्नै नसक्ने भइसक्यो, अझै दुई चार दिन उम्कन पाइने छाँट छैन यहाँबाट । उसको छटपटीझन् थपिएर औडाहा हुनथाल्यो । के गर्नेहोला< ऊ गम्भीर भएर सोच्न थाल्यो । 

अँ, आइडिया ! उसको अनुहारमा अचानक खुसी दौड्यो । 

उसले अर्को बेडको कुरुवा हरियालाई बोलायो । हरिया उसकालागि पनि सशुल्क सेवक भएको छ अहिले । खानेकुरा, पानी, औषधी लगायत हरियाले नै ल्याइदिने गरेको छ उसलाई ।

उसले हरियाको कानमा केही खासखुस गर्यो र पाँच सयको नोट दियो । 

केही बेरमा हरियाले एक पाउन्ड पाउरोटी ल्याएर उसको हातमा थमाइदियो । उसले सशङ्कित हुँदै दायाँबायाँ हेर्दै त्यो पाउरोटी एकै छिनमा खाइसक्यो । 

पाउरोटी उसलाई मजैले लागेछ । राता राता आँखा पार्दै जिब्रो र मुखबटार्दै उसले हरियालाई भन्यो “ठ्याङ्क यु ह डि या ब्डो ! ठ्याङ्क यु ! आइएम ह्याप्पी विथ यु ओके ? भोलि पनि ल ?ओके ?” अनि तीनदिनको तलतल एकै पटक मेटाएर बिछ्यौनामा निर्धक्क पल्टियो । 

 गंगाप्रसाद अधिकारी

२०८०।५।१२

भद्रशिवा टोल, भद्रपुर ।

ट्यागहरू:
सहित्य लघुकथा
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भन्न देऊ न त !
भन्न देऊ न त !
धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - सोमबार ७ अक्टोबर २०२४
क्रान्ति
क्रान्ति
खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
भरिया
भरिया
बालकृष्ण गजुरेल /साहित्यमा स्माइल - बिहिबार १३ जुन २०२४
अपाङ्ग कि सपाङ्ग  ?
अपाङ्ग कि सपाङ्ग ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३