खाइराइड हाँस्यव्यङ्ग्य निबन्ध प्रतियाेगिताकाे पुरस्कार वितरण

दिलिप घिमिरे · पौष १३, २०८२ ११:४९ AM
Cover Image for News

झापा /नेपाली हाँस्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हाँस्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हाँस्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी शनिबार वितरण गरिएको छ। 

गत मङ्सिर १, २०८२ को समय अवधि तोकी विद्यालय तहको ‘हाँस्यव्यङ्ग्य निबन्ध प्रतियोगिता–२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो । देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने छात्रछात्राहरूलाई सम्मान पत्र सहित नगद रकम हस्तान्तरण गरिएकाे हाे । 
काभ्रे इङ्लिश माध्यामिक विद्यालय पनौती काभ्रेकी कुसुम घिमिरेलाई प्रथम पुरस्कार नगद  २०हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरियाे भने डियरवाक सिफल स्कुल, सिफल काठमाडौंका साइमन घिमिरेलाई द्वितीय पुरस्कार नगद १० हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरियाे ।

फोटो
त्यसैगरी डियरवाक सिफल स्कुल,सिफल काठमाडौंकि अनुश्री आचार्य र सिद्देश्वर माध्यामिक विद्यालय दाँवा,भोजपुरकि विनिता प्रधानलाई जनही नगद ५ /५ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरियाे ।

अमेरिकामा क्रियाशील हाँस्यव्यङ्ग्य संस्था बाङ्गा अक्षर नेपाल शाखाका सह-संयाेजक डिल्लीप्रसाद मूलतिहूनकाे सभापतित्वमा सम्पन्न समाराेहकाे प्रमुख अतिथि हुनुहुन्थ्याे फित्काैली डटकमका प्रधान सम्पादक एवम् हाँस्यव्यङ्ग्यकार नरनाथ लुइँटेल ।
 अन्य अतिथिहरूमा प्राज्ञ श्याम तमाेट, हाँस्य कलाकार मनाेज गजुरेल र सुवाेध गाैतम, डा. टिका लम्साल, चण्डी कार्की लगायत हुनुहुन्थ्याे ।
 डा. टिका लम्सालले बाङ्गा अक्षरकाे उपस्थिति र खाइराइड पुरस्कार स्थापनाकाे उद्धेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।
 पुरस्कार अर्पण अगाडि हाँस्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्याङ्कन समितिका संयाेजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेकाे समीक्षात्मक टिप्पणी अनिल पाैडेलले वाचन गर्नु भएकाे थियाे । 

प्रमुख आतिथि हाँस्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले खाइराइड हाँस्यव्यङ्ग्य पुरस्कार नेपाली हाँस्यव्यङ्ग्यकै पुनर्जागरणमा एउटा महत्वपूर्ण कडी हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । 
 कार्यक्रममा हाँस्यकलाकार मनाेज गजुरेल र सुवाेध गाैतमले प्रस्तुत गरेका हाँस्यव्यङ्ग्यमूलक प्रस्तुतिले सभाकक्ष हाँसाेमय बनेकाे थियाे । 

हाँस्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हाँस्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका अधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरि पुरस्कृत गरिएकाे हो । 

हाँस्यव्यङ्यप्रेमीहरूकाे उल्लेख्य सहभागिता रहेकाे समाराेहलाई अनिल पाैडेलले सञ्चालन गर्नुभएकाे थियाे ।

ट्यागहरू:
शिक्षा #साहित्य #अतिरिक्त क्रियाकलाप #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।