मिश्र वैजयन्तीका दस हाइकु

✍️ मिश्र वैजयन्ती, पोष्ट- दिलिप घिमिरे · मंसिर ३, २०८३ ६:२७ PM
Cover Image for News

मिश्र वैजयन्तीका दस हाइकु 

 
चिसा पसिना
हाइकुमा मौसम
ढल्केका रुख |१| 

तप्लक्क थोपो
चिच्याउँदो नदी
विलीन स्वर |२| 

सुकेको रुख
एउटा पात बरा
मैजस्तो विम्ब ! |३| 

पहेँला पात
हत्केलाभरि रेखा
आमा र बाबा |४| 

एकान्तकु
वृद्धाश्रमको छाया
हाम्रै अनुहार ! |५| 

हातमा कुच
चित्रमा एकाग्रता
औंलामा मच्छड ! |६| 

एक्लो चन्द्रमा
एकोहोरो हेर्दै छु
एकल आमा ।७। 

मानव मन !
शुभ सत्य वचन
ईर्ष्याको आगो |८| 

रसिला आँखा
मित्र-कुराका छुरा
तुसारो वर्षा ।९। 

दिनहुँ देख्छु
कुइनेटामा छाया
आकाश हेर्छु ।१०। 

उर्लाबारी, मोरङ

ट्यागहरू:
साहित्य #हाइकु#
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू