गाैंथलीकाे बाऊ पनि पत्रिका चलाउँदैछन् अरे है ! - व्यंग्यनारान पाँडे

नकुल काजी · असोज २०, २०८३ ८:४० AM
Cover Image for News

                          [माैसमी हास्य-व्यंग्य]    

              निकै दिनदेखि पाँडेकातिर देखा नपरेका गाैंथलीकाे बाऊ आज टुप्लुक्क आइपुग्याे र कुम-कुमबाट झाेलाकाे खकन झिकेर ढाडमा झुण्डाएकाे झाेला र छाता बिसाउँदै भन्याे -"अब चइँ बल्ल धम्माधम दुई-चार रुप्पे कमाउने चाँनसकाे सिजेन आयाे र तेता बिज्जीका बिज्जी हुनु परेकाले एता रेगुलरका रेगुलर आम्न नभ्याकाे हुँ हए पाँडेजी ! आज पनि बिज्जीमै थें, रइ भा पनि एइ बाटाबड पल्लाे चाेककाे बगरेकाे दाेगानमा एभ्रटाइजकाे पैसाे उठाउन जाँदा छ्यास्स निस्कुँ भन्ने भाओना भाे र आइराँछु । अनि सन्च-सुभिस्था के-कसाे छ त तपइँकाे  ?"          पाँडेले भन्याे -"ठिक्ठिकै छ । अनि हिजाेआज के काममा बिजी हुनु परेकाे छ ? कुन बगरेबाट कस्ताे एड्भरटाइजकाे पैसा उठाउन गएकाे भन्या नि ?"         उसले सजिलै भन्याे-"अस्ति कुसे अम्सीकाे सुबकाम्ना एभ्रटाइजकाे । आज पनि दुई सहेमद्दे पचासाेडा रुप्पे मत्तइ दिया पढ्केले । लाखेस् न, आर्काेखेप फेरि खसी भन्दै छाला खुइलेकी  बूढी बाख्री काटाेस् न अनि जान्या छ मैले रुप्पे झर्नेगरी विग्यापनकाे एभ्रटाइज हँड्याउन !..."            उसले खिया लागेर काेत्रिएका दाँत देखाउँदै कुराे थप्याे  -" अनि तपइँलाई चइँ म अैले पत्रकारकाे सन्पाधक भइराखेकाे थाहाइ पाे रइनछ कि क्या हाे हँ ? अन्त मैले पाेर-परादेखुन् नै विग्यापन एभ्रटाइज छाप्न पाइने मउसुम-मउसुममा पत्रिका छापा गर्ने काम गर्दै छुइन त  ? सुभ्काम्नाकाे एभ्रटाइस छाप्ने मउसुम आ'पछि त म बिज्जीका बिज्जी हुने त गर्छु त । ठूला धार्मिक र सामस्किर्तिक चाड-पर्भ र रास्टिए पर्भहेरूका उपलच्छेका मङ्घलमहे सबकाम्ना विग्यापन एभ्रटाइस गर्ने गरी मैले मदानी नामक पत्रिका चलाई त राख्या छु त अन्तखेरी ।"          पाँडे एकखेप जाेडले हाँस्याे र हाँसाेसँग गिजाेल्दै भन्याे -"हन तिमी पत्रिका चलाउन जान्दछाै र ? ल्याइरछाै भने देखाऊ न, हेरूँ त म पनि तिम्राे पत्रिका । मैले त कहीँ देखेकै छुइन त ! म त छक्कै पाे परें त तिम्राे कुरा सुनेर !"....          उसले सजिलै भन्याे -"म साेएम् सन्पाधक-पर्कासककाे पेस्टिचकाे बेक्ति आफैले कथेर छापा गरेकाे पत्रिका आफैले बाेकेर हिन्नु त कसरी मिल्छ र ? उता बिर्तामाेठ पस्सिउँ बस इस्टिसनबड थाेडै दख्खिनतिर मेराे आपिस छ, त्याँ आऊ न तपइँ कुनै ट्याममा । एउडा के, दुई-तिन्टै हातलागी गराइहाल्छु नि अनित्याँड ! ... कि नपत्याका हाेउ हउ तपइँले ? पख हइ त...." भन्दै उसले झाेलाबाट एउटा, दुवैतिर लेखेकाे लामाे कागज निकालेर पाँडेकाे हातमा थमाउँदै भन्याे -"लु याे मैले आउँदाे- अग्गामी अङ्कका लागि लेखेकाे सन्पाधक्येकाे म्याट्टर पढ र एस्मा कत्ति चइँ गैरा कुरा छन् भन्ने बुज । अनित्याँड तपइँलाई मेराे पत्रकार गर्ने ट्याउटिस कति गम्तिलाे र च्वाँक भइसकेछ पस्ट मालम भइहाल्छ । लु पढ त ।"          पाँडेले उसका काइते अक्षरमा लेखिएकाे त्याे लिखत पढ्याे । त्यसमा शीर्षक थिएन । पेटबाेलीमा चाहिँ  यस्ताे लेखिएकाे थियाे -            सप्पै तथ्थेकाे पनी सत्ते एबङ वीकल्प र सङकल्पकाे धार र समाजीक गाेहार नै साेतन्त्रता हाे । समाजकाे साेतन्त्र साेध र बाेधकाे गतीराेधमा लाग्नु , कुदेर गएर गाेध भन्या झ्इँ चइँ हाेइन । सत्ते त सत्ते नै हाे । पत्रकार गर्नेकाे याेग्गेता उच्चा धारकाे उद्दार गर्नु  नै पत्रकार गर्नु भन्ने हाे  । सँदइँ  सत्तेकाे अन्बेसक उज्यालाेमा रमाउँछ भने पत्रकार गर्नेले काँ चइँ खुट्टाे कमाउँछ ? अन्तखेरी याे जुग-जमाना र बर्तमान जग-चेतनात्मक धारकाे सारलाइ वारपार नगरी पत्रकारले गद्दार गर्नु हुँदैन । कुराे वारकाे पार रेखाङ्कीत गरेर लाेतान्त्रीक पर्जातान्त्रीक समाजकै हाे याे गन्तन्त्र पनि ।  पत्रकारकाे पत्रकारी धर्म कर्म र मर्म एस्ताे हुन्छ । एस्ता काममा सर्म मान्नु हुँदैन । ऐलेका हाल देउपा पछी पर्या छन् र हामेरका गग्गन अघाडि बढ्या छन् भन्ने आत्माबिर्ति र लेखन कलाकाे समएबाेद र साेदखाेजकाे बिसए हुन् । राझनीतिककाे पाेल्टिस खेल्नेहेरूले पारदस्री मान्सीक्ता र सब्यताकाे भब्बेता हाँक्न र मउका चानसमा घाँटी ङ्याक्न जाने समस्किर्तिकाे छीतीज उघार्नु  प्रदछ । नाइँ त भने बिभेककाे बेहान उग्रिने सम्भाओनै हुँदैन । सत्ते र तथ्थे नउग्रेसम्मन चेतनात्मक धार र रास्टकाे भार  एबङ जन्ताहेरूकाे बेपार-टेपार पनी उग्रीने छैन । तेसाे भाे भने भुत्राे गर्न सुख्खासुख्खी पत्रकार गर्नु भन्ने पस्न उठ्छ र बरु पारि बेहारकाे गलगले, अदीकारी, बतासे, पीडभ्लु नामे बजारहेरूका हाेल्सेलर साउसीत सन्पर्क इस्टङ पारेर  अनित्याँड दुबैतिरका सर्खारी सिपाइ-पालेसीत यार-दाेस्तीकाे हीम्चीम बढाअेर अनिखेर डक्स-बाउन् सुग्गर हिराेनीहेरूकाे इदरउधर गर्ने धन्ना थाले भइजान्छ त ताे पँडित हरिरामे र अइँसुलु झाङ्गेहेरूले जस्तै ! तेसैकारन याे मदानी  (मउके-मउसुमी) पत्रीकालाई छापा गर्न फेरी पुनहँ थलीएकाे हाे । एस पत्रीकाकाे माश्रीक, दुई माश्रीक, त्रीयाेमाश्रीक अथबा फाेरटी-फाएब्टी पर्सेन कन्सीसन हुने हुँदा अर्गीम वाश्रीक गाहाकी बनेर अनीत्याँड विग्गेपन-एभ्रटाइज पर्दान गरेर सहजाेग गर्नु बुद्दीमानी हुन्छ भन्ने हामेरकाे एस पत्रीकाकाे मुल सीदान्त छ । अनीखेर आर्काे कुराे सप्पै पाटी एक जइन भइकीन भाेटेकाेसी समस्से साउदान गर्न जडुली छ भन्ने सुजाउ मदानी  (मउके -मउसुमी) पत्रीकाकाे राहात साहेताकाे रुपमा ग्रन गर्न हारदीक्क अनुराेद गर्दछउँ । इति सम्बत २०००८३ साल भदाै ३० गते रीखी पन्चमी थीती- - - - -         पढिसकेपछि पाँडेले मनमनमा-'याे मान्छे सन्केछ कि !' भन्ने साेच्तै साेध्याे -" थैट्, याे के लेखेकाे कसैले केही नबुझ्ने हँ ? पत्रिकाकाे सम्पादकीय पनि यस्ताे हुन्छ ?"           उसले जिब्राे निकालेर टाेक्तै भन्याे -"सन्पाधक्ये भन्ने जिनिस पनि निउज जस्ताे जाे-काेइले बुद्ने हुन्छ त ? पत्रिकामा सबभन्दा गैरा कुरा एस्सैमा खाँद्नुपर्छ क्या । तेसैले त तपइँहेरू जस्ता पत्रकारी कैल्यै नगरेकालाई बुद्न गारै हुन्छ । तपइँहेरूले एखेप पढ्दै बुज्याै भने त सन्पाधक्येकाे भेलु नै हुँदैन नि । एस्ता सन्पाधक्ये सर्खारी मान्छे, उधाेकपति, बेपारी, बिचउल्या र मादक पदार्थ डग्स,  गाँजाका कडाेरपति ओसार-पसारे साउ-माजनले छर्लङ्गै बुज्छन् क्या बरु एक्कैखेप सररर पढेपछि । हइट, तपइँ मेराे मदानी  पत्रिकाकाे गाहाकी बनेर रेग्गुरलका रेग्गुरल पढ्ने गर । अनि मत्तै यस्ता लेखाैट छर्लङ्गै बुद्ने हुन्छउ भनेर म ग्रान्टी नै दिन्छु ।...र, लउ त अैले म जान्छु । आज र भाेलि बिचार गरेर गाहाकी बन्ने भयउ भने पर्सितिर तीन सहे रुप्पे एडभाँस बाेकेर आउनु नि । म तपइँलाई पछि चुक्ताकाे किस्तामा पचास रुप्पे कन्सिडरिङ पनि गरुम्ला न हुन्न ?"....          पाँडेकाे हातबाट उसकाे साे कागज फिर्ता लिएर अनि ऊ हिंड्याे । ऊ गइरहेतिर हेर्दै पाँडेले आफ्नै गालामा चिमटेर आफू विपनामै भएकाे निधाे गरेपछि लामाे आङ तान्दै मनमनमा भन्याे -" थैट , जमाना पनि कस्ताे आयाे यार ! नयाँ-नयाँ 'जन्तु'-हरूले पनि कता-कता चर्ने गर्न थाले यार ! बहुलै पाे भइन्छ कि क्या हाे हँ ?" .......                                                 

ट्यागहरू:
literature nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।