लघुकथाकार डा. टीकाराम पोखरेललाई ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरिने

खगिन्द्रा खुसी · मंसिर ४, २०८३ ८:२४ AM
Cover Image for News

३ मंसिर, झापा । लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा)लाई यसवर्षको  ‘शब्दयात्रा डण्डपाणि-मानकुमारी धिताल लघुकथा पुरस्कार’ प्रदान गरिने भएको छ । शब्दयात्रा प्रकाशनले प्रदान गर्दै आएको सो पुरस्कारको कोष व्यवस्थापन आफ्ना पितामाताको स्मृति र सम्मानमा काभ्रेपलाञ्चोककी 

 लघुकथाकार अम्बिका धितालले स्थापना गर्नुभएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिने शब्दयात्रा प्रकाशनले जनाएको छ ।

कथा, निबन्ध, समालोचना, हास्यव्यंग तथा समसामयिक लेखनमा कलम चलाउँदै आउनुभएका पोखरेलले यस अगाडि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमती प्रदेशस्तरीय लघुकथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ । समाचारदाताका अनुसार पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मन्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजद्वारा आयोजित लघुकथा प्रतियोगिताहरूमा प्रथम, द्वितीय र  उत्कृष्ट स्थान हासिल गर्नुभएको छ ।

ट्यागहरू:
literature samachar puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।