शंकर खरेलको कृति `नरिसाउनुस् है..´ लाई ‘प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार´ प्रदान

खगिन्द्रा खुसी · मंसिर ४, २०८३ ८:४५ AM
Cover Image for News

३ मंसिर, झापा ।  स्रष्टा शंकर खरेलको कृति `नरिसाउनुस् है..´ लाई यसवर्षको  ‘प्रभुभक्त–छोरीनानी वर्षपुस्तक पुरस्कार´ प्रदान गरिएको छ ।

चर्चित साहित्यकार  बिक्रमभक्त जोशीले आफ्ना मातापिता प्रभुभक्त जाेशी र छोरीनानी जाेशीको नाममा स्थापना गरिएको सो पुरस्कार मंसिर १ गते  विराटनगरमा आयोजित एक विशेष समारोहबीच  खरेललाई प्रदान गरिएको हो ।

फोटो
त्यसैगरी रमेन्द्र कोइराला र केशु विरहीका पुस्तकले समेत सम्मान प्राप्त गरेका छन् ।

कवि विधान आचार्यलाई मोहनलता विशिष्ट स्रष्टा सम्मान तथा पुरस्कार, कवि हेमन्ती जोशीलाई कविराज स्रष्टा सम्मान तथा पुरस्कार , कथाकार लोचन रिजाललाई पारस काफ्ले स्रष्टा सम्मान पुरस्कार र बालकवि सफलता फुयललाई कालीगङ्गा बालसाहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको छ ।

फोटो
नारी स्रष्टा समाजद्वारा आयोजित उक्त समारोहमा साहित्यकार जोशीले पुरस्कार अर्पण गर्दा यो केवल एउटा पुस्तकलाई दिइएको सम्मान मात्र रहेन, बरु मातापिताप्रतिको श्रद्धा, कृतज्ञता र स्मृतिलाई समाजसँग जोड्ने भावनात्मक उदाहरणसमेत बनेको बताउनु भयो।

उक्त समारोहमा अन्य विभिन्न विधाका स्रष्टाहरूलाई समेत पुरस्कार तथा सम्मान प्रदान गरिएको थियाे।

संस्थाकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार विवश पोखरेल प्रमुख अतिथि तथा देवी पन्थी, साहित्यकार गंगा सुवेदी र लक्ष्मी उप्रेती विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पुरस्कारका संस्थापक र अतिथिहरूले संयुक्त रूपमा स्रष्टालाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।

ट्यागहरू:
literature puraskar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।