गजल - श्रेष्ठ प्रिय पत्थर

श्रेष्ठ प्रिया पत्थर · असोज २७, २०८३ ११:०३ AM
Cover Image for News

 जो जागिरमा जे छ,त्यो पाजी व्यापारमा के छ
नभन्नू त्यो हवलदारमा के छ खरिदारमा के छ 

उस्तै हुन् मान्छेहरु उस्तै हो मान्छेको प्रवृति पनि
मान्छेलाई अलगपार्ने राजनीतिको धारमा केछ 

डराउदैनन् अपराधी जस्तो सुकै अपराध गर्दा
डरले सातोजाने साँच्चै त्यो अख्तियारमा के छ 

न कसैको भरोसा गर्छ न त थाप्छ ऊ हात नै
सोध्छ दुनियाँ त्यो कंगाल बेरोजगारमा के छ 

यु .के .को सपना देख्दै उमेर पनि ढल्की सक्यो
भन्छन् साथिभाइ अझै हैट!त्यो कतारमा के छ 

चामल भने सडेर जान्छ पिठो सहजै बिक्छ
बोल्नेकै तारीफ हुन्छ, भन्छौ ? प्रचारमा के छ 

आरिस केलाई गर्नु ? किन उछित्तो काढ्नु ?
मह काढ्नेलाई थाह छ आँखिर भंसारमा के छ

दुनियाँ रंगीन हुन्छ र खुसीको वर्षात हुन्छ 
दिनेले खुसुक्क दिए नसोध्नू उपहारमा के छ 

ट्यागहरू:
literature samachar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
कृष्ण काश्यपको गजल
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
सुधिर थापाको गजल
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४